२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्रबार साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो

२०७५, १३ पुष शुक्रबार ०६:०६

पुस १३, काठमाडौं । अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेकोमा शुक्रबार फेरि डलरको भाउ केही बढेको हो । बिहीबार अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ४२ पैसा तथा बुधबार खरिददर १ सय ११ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ५२ पैसा थियो । आइतबारचाहिँ अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर १ सय १२ रुपैयाँ ५४ पैसा थियो ।

यस्तै शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा तोकिएको छ । बिक्रीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तथा आइतबार खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९८ पैसा थियो ।

यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा आइतबार खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा थियो ।

बिहीबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएकोमा शुक्रबार खरिददर ्र३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०८ पैसा तोकिएको छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा तथा आइतबार खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९२ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३सय ६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५२ पैसा तोकिएको छ । बिहीबार खरिददर ३६८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ११ पैसा तथा आइतबार खरिददर ३ सय  ६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ३२ पैसा थियो ।

शुक्रबार बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बिहीबार खरिददर २ सय ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर २ सय ९८ रुपैयाँ २० पैसा तथा आइतबार यसको खरिददर २ सय ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २ सय ९८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यसैगरी कोरियन वनको पनि भाउ केही पैसाले बढेको छ । आइतबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा रहेकोमा शुक्रबार खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता