२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जिल्ला प्रशासन कार्यालयमै छैन व्यवस्थित शौचालय

१३ पुष २०७५, शुक्रबार ०९:२०

पुस १३, विदुर | नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ । 

“छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरबाट त राम्रो सानो भवनै जस्तो देखिने चिटिक्कको थियो, भित्र जाँदा त के हेरिसाध्य रैछर”, सेवाग्राही निर्मला वस्तीले बताउनुभयो । 

निर्मला मात्र हैन छोरीको नागरिकता बनाइदिन आएका कृष्ण वस्ती पनि दिसा गर्न जाँदा शौचालय फोहोर भएपछि र पानीको अभाव देखेपछि बाहिर होटलबाट मिनिरल वाटर किनेर दिशा गर्न गएको बताउनुहुन्छ । कार्यालयका कर्मचारीका लागि सो कार्यालयभित्रै शौचालयको व्यवस्था भए पनि नागरिकलाई भने शौचालय जान ठूलै समस्या छ । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा भन्नुहुन्छ, “सरसफाइमा कमी त भएको होला, दिनकै सयौँको ओहोदोहोर हुने कार्यालय पर्यो, प्यान भित्र पनि मानिसहरुले अनेक ढुङ्गाहरु हाल्दिन्छन्, कहिले धारा नै भाँिचदिने गरेर धेरै पटक सुधारेका पनि हौँ, अब प्यान सबै भरिएको छ, त्यसलाई खोल्न हामीले मान्छे पनि खोजिरहेका छाँै, शौचालय चाँडै सुधारमा आउँछ । प्रशासन कार्यालयमा महिला, पुरुष र अपाङ्गमैत्री गरी नौ शौचालय भए पनि सबै भरिएको छ । 

क्याम्पसको ताला खुला स्नातकोत्तर तहसम्म पठनपाठन हुंँदै आएको नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा गरेको अनिश्चितकालीन तालाबन्दी १० महिनापछि बुधबारदेखि खुलेको छ । विदुर–४ बट्टार बजारमा रहेको क्याम्पसमा विद्यार्थीले गत २०७४ साल चैत ८ गतेदेखि स्ववियु निर्वाचन हुनुपर्ने, क्याम्पसको हरहिसाबको छानबिन गरिनुपर्ने लगायत माग राख्दै क्याम्पस प्रमुखलगायत विभिन्न कक्षमा तालाबन्दी गरेका थिए । अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), नेविसङ्घ पक्षसँग क्याम्पसको सहमतिअनुसार विद्यार्थीले तालाबन्दी खोलिदिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो । विद्यार्थीको शैक्षिक माग पूरा गर्न क्याम्पस पक्ष सकारात्मक भएपछि विद्यार्थीले तालाबन्दी खोलिदिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य