२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया २५ औँ पूर्ण खोप गाविस घोषणा

१६ फाल्गुन २०७२, आईतवार ०४:००

purna khop bhalibangसन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ । लालमटिया गाविसलाई शनिबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । लालमटिया स्वास्थ्य चौकी भालुवाङ्गको प्रगाणमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

लालमटिया गाविसको कुल जनसंख्या २७ हजार ३ सय २७ मध्ये ४ सय ११ जना बालबालिकाहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको विभिन्न खोपहरु प्रयोग गरे पछि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

लालमटिया गाविसमा रहेका कुल ४ सय ११ मध्ये दलित ३५, जनजाति २ सय २७, मधेसी १४, मुस्लिम ७ बाह्रमण क्षेत्री १ सय १ र अन्यमा २७ रहेको लालमटिया स्वास्थ्य चौकीले जनाएको छ । लालमटिया स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा लालमटिया गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका कार्यालय प्रमुख भुवन पौडेलको प्रमुख आतिथ्यमा भएको पूर्ण खोप गाविस घोषणा कार्यक्रममा स्वास्थ्य चौकी सह—इन्चार्ज तथा सियनियर अहेब नवराज न्यौपाने स्वास्थ्य तथा खोप सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

ओ अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका कार्यालय प्रमुख पौडेलले पूर्ण खोप गाविस घोषणा भएको प्रमाण—पत्र लालमटिया गाविस सचिव दामोदर पोख्रेल र लालमटिया स्वास्थ्य चौकी इन्चार्ज झविलाल कडेललाई प्रदान गरेका थिए ।

लालमटिया स्वास्थ्य चौकी इन्चार्ज झविलाल कडेलको स्वागत मन्तव्य तथा महिला स्वास्थ्य स्वम्सेविका सरिता भुसाल र पम्फा अधिकारीको स्वागतबाट शुरु कार्यक्रममा बोल्ने बक्ताहरुले प्यूठान, रोल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुको मुख्य नाका तथा हाईवे रोडमामा रहेको स्वास्थ्य चौकीको तत्काल स्तर बृद्धि गरी प्राथामिक स्वास्थ्य केन्द्र बनाउन आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

उनीहरुले प्राथामिक स्वास्थ्य केन्द्र नभएकै कारण भालुवाङ्ग क्षेत्र तथा प्यूठान रोल्पा सडक खण्डमा हुने दुर्घटनाबाट दर्जनौ घाईतेहरुको अकालमा मृत्यु हुनेको बताएका थिए । उनीहरुले पूर्ण खोप गाविस घोषणालाई पूर्ण व्यवहारिक कार्यान्वयन गर्न सबै जना जिम्मेवार बन्न आग्रह समेत गरेका थिए ।

purna khop

कार्यक्रममा नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाखर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, संघीय लोकतान्त्रिक मञ्च थरुहटका रामप्रसाद चौधरी, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज शिवहरि शर्मा, गोबरडिहा स्वास्थ्य चौकीका इन्चार्ज रामशंकर मण्डल, नेपाल भारत मेत्री संघ भालुवाङ्ग उपशाखाका अध्यक्ष बहादुरकर्ण केसी, उच्च मावि मौरीघाटकी प्राचार्य सिता रिजाल, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, पत्रकार केशव बोहरा, जमिर शाह, बिदुर एमसी, लालमटिया बाल सञ्जालकी अध्यक्ष शुशिला आचार्य र महिला स्वास्थ्य स्वम्सेविका मूल समिती अध्यक्ष सरिता भुसाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न सहयोग पु¥याएको भन्दै महिला स्वास्थ्य स्वम्सेविका, स्वास्थ्य चौकी व्यवस्थापन समिती र कर्मचारीहरु गरी दुई दर्जन बढीलाई सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन लालमटिया स्वास्थ्य चौकी व्यवस्थापन समितीका सदस्यद्धय मानबहादुर कुमाल र परमेश्वरी ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो