2026-08-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पासोमा मृत भेटिएको चितुवाको डिएनए चार वर्षीय बालकको डिएनएसंग मिल्यो

प्रज्वल मानन्धर । पुष १४, सन्धिखर्क । डेढ महिना अघि भूमिकास्थान–९ ढिकुरा अर्घाखाँचीका चार वर्षीय आर्यन घिमिरेलाई आक्रमण गरेको केही दिन पछि पासोमा परि मरेको चितुवाको डिएनए मृतक घिमिरेको डिएनएसंग मेल खाएको छ ।

४ बर्षिय बालकको ज्यान लिएपछि आक्रोसित स्थानिय र सुरक्षाकर्मीको टोलीले संयुक्त रुपमा पियाले जंगलमा थापेको पासोमा परि मृत अवस्थामा भेटिएको चितुवाको डिएनए मृतक बालकसंग मिलेको आणुवांशिक गतिशिलन केन्द्र नेपाल काठमाडौका बायो इन्फरमेटिक्स इन्सेसियालिष्ट प्रज्वल मानन्धरले बताउनुभएको छ । 

डिभिजन वन कार्यालय अर्घाखाँचीको टोलीले मरेको चितुवाको रगत, कपाल, दिसा, र्याल र आक्रमण स्थलमा खसेको रगत परीक्षणका लागि केन्द्रमा पठाएको थियो ।उक्त चितुवाको डिएनए चितुवाको शिकार बन्नुभएका ४ बर्षिय बालक घिमिरेसंग मिल्छ कि मिल्दैन भनेर परीक्षण गर्नु परेको हो ।चितुवाको डिएनए बालकसंग मेल खाएपछि चितुवा आतंकको सास्ती खेपेका अर्घाखाँचीवासीमा भने केही राहतको अनुभुती भएको छ । 

जिल्लाका सन्धिखर्क, कुर, खांचीकोट, किमडाडा, नुवाकोट र ढिकुरामा पछिल्लो पांच वर्षको अवधिमा १५ वर्ष मुनिका १४ बालवालिका चितुवाको शिकार भइसकेका छन भने आक्रमणबाट घाइते भएका आठ बालबालिका उपचारपछि निको भएका छन् । डिएनए मिल्यो भनेर ढुक्क भने हुन नहुने सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो