२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विद्यालयको शैक्षिक विकासका लागि सबै पक्ष जिम्मेवार बन्नु पर्छ: सांसद राईमाझी

२०७२, २२ फाल्गुन शनिबार ०९:५८

barshik utsabसन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । व्यवस्थापिका संसदका सांसद धनबहादुर राईमाझीले विद्यालयको शैक्षिक विकासका लागि सबै पक्ष, बर्ग जिम्मेवार हुनु पर्ने बताएका छन् । सरस्वती उच्च मावि बाङ्गेसाल प्यूठानको ३४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार उद्घाटन गदै सांसद राईमाझीले यस्तो बताएका हुन् ।

उनले जब सम्म हामी जिम्मेवार बन्दैनौँ तब सम्म न त विद्यालयको विकास हुन्छ, न त कुनै समाजिक विकास नै हुन सक्छ त्यसैले विकासका सवालका सबै दल, बर्ग र समुदाय दलगत तथा व्यक्तिगत स्वार्थ त्यागेर समाजिक विकासमा सरिक हुन आग्रह समेत गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद राईमाझीले विद्यालय हाम्रो गहना हो, यसको संरक्षण सम्र्बन गर्ने दायित्व पनि हाम्रै हो शिक्षा कै कारण आज हामी यो स्थान सम्म आई पुगेका हौँ त्यसैले शिक्षा क्षेत्रको विकासका लागि राज्यले शिक्षालाई प्रमुख एजेण्डा बनाउनु पर्छ उनले भने ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्राचार्य भक्त मर्साङ्गीले आर्थिक बर्ष तथा शैक्षिक सत्र २०७१÷०७२ को १ करोड २३ लाख २६ हजार २ सय १९ रुपैयाँ ८२ पैसाको आय—व्यय तथा आर्थिक बर्ष तथा शैक्षिक सत्र २०७२÷०७३ को ९७ लाख १० हजार ७ सय ५१ रुपैयाँ अनुमानित बजेट सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक शान्तराज बिसीको स्वागत मन्तव्य तथा विद्यार्थी सुजाता थापा र सिर्जना जिसीको स्वागत गीतबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको भौतिक विकास निर्माण देखि गुणस्तरिय शिक्षामैत्री विद्यालय बनाउनका लागि शिक्षक, अभिभावक र विद्यार्थी स्वम् सक्रिय बन्नु पर्ने बताउका थिए ।

barshik

कार्यक्रममा बाङ्गेसाल गाविसका निवर्तमान अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष लालमणि शर्मा, नेकपा एमालेका हरिप्रसाद पौडेल, राष्ट्रिय जनमोर्चाका झबिन्द्र पौडेल, स्रोत व्यक्ति पूर्णबहादुर केसी, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्णबहादुर राईमाझी, शिक्षक अभिभावक संघका पूर्व संयोजक टंकप्रसाद सुनार, रेडियो लिस्ने अवाजका स्टेशन म्यानेजर नुमराज पौडेल, पत्रकार सन्तोषकुमार गुप्ता, हरि भण्डारी, बिदुर एमसी र विद्यार्थी वेदप्रसाद सुनार लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न प्रतियोगिताका बिजय प्रतियोगी र विभिन्न छात्रबृत्ति कोषबाट पुरुस्कृत समेत गरिएको छ । यसरी पुरुस्कृत हुनेहरुमा भुपु कल्याण कोषबाट कक्षा ८ की समिक्षा आचार्य, बालकुमार रावत र मनोज विक पुरुस्कृत भएका छन् । त्यसैगरी भुरेय छात्रबृत्ति कोषबाट एसएलसी परिक्षामा विज्ञान बिषयमा उत्कृष्ट कक्षा १० की दिपा आचार्य, कक्षा ८ की बालकुमारी राउत र सोही कक्षाका दृष्टि खड्का पुरुस्कृत भएका छन् । त्यस्तै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कक्षा ९ का पदम गाहा र समिक्षा आचार्यलाई पनि पुरुस्कृत गरेको छ ।

त्यसैगरी बार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक घैँटा फोर तर्फ इन्द्रकला सुनार बिजय तथा विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभाव संघ बीच भएको कुर्सी दौड प्रतियोगितामा कृष्ण राईमाझी प्रथम, सालिकराम पौडेल द्धितिय र खेमराज आचार्य तृतीय भएका थिए । बिजय प्रतियोगिहरुलाई पनि पुरुस्कार प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित भएको बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको सञ्चालन शिक्षक खिमबहादुर राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट