2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मध्यपुरमा सकियो नवदुर्गा नाच

पुस १५, भक्त्तपुर (रासस) | मध्यपुरथिमि नगरपालिकामा विगत ११ वर्षदेखि बन्द भएर यसवर्ष सञ्चालन गरिएको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन पूरा भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त नाच मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यसैवर्ष मध्यपुरथिमिमा प्रदर्शन गरिएको थियो । 

दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि अभद्र व्यवहार गरेकाले सुरक्षाको कारण देखाउँदै देवगणले नाच प्रदर्शन गरेका थिएनन् । 

यसवर्ष मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले नवदुर्गा नाचमा सुरक्षाको प्रत्याभूति र आवश्यक खर्च उपलब्ध गराउने गर्ने प्रतिबद्धता जनाएपछि योमरी पूर्णिमाको साँझदेखि प्रदर्शन गरिएको थियोे । उहाँले अब मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन कहिले नरोकिने बताउनुभयो । 

नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको कला, संस्कृति र साँस्कृतिक पर्व जोगाउन बजेट नै विनियोजन गरिएकाले यो नाचसँगै नगरभित्रका सबै नाच, कला र संस्कृति सञ्चालन एवं संरक्षणमा नगरपालिका सक्रिय हुनेमा जोड दिनुभयोे । 

एकसातासम्म यो नाच बालकुमारी, लायकु, दथुटोल, मरुटोल, वामुने, ताचो, तछुटोल, पोवु, चपाचो, नगदेश, बोडे, सूर्यविनायकको दधिकोट र गाम्चामा समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई