<p> पुस १६, चौतारा (रासस)| लामोसाँघु जिरी सडकअन्तर्गत सिन्धुपाल्चोकको सिलदुङ्गास्थित २३ किलोमा आज बिहान टिपर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको र घाइते सबैको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । <br></p><p>आवास निर्माणका लागि बनेपाबाट सिमेण्ट र रड लिएर दोलखाको मागा पौवा जाँदै गरेको वा४ख ८२९७ नंको टिपर सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी मुढेको प्रहरी नायब निरीक्षक यमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । रातको समय भएकाले चालक निदाएकाले दुर्घटना भएको र घाइते सबै दोलखा जिल्लाका भएको प्रहरीले जानकारी दिएको छ । </p>
December 31, 2018
समाज, सिन्धुपाल्चोक - SDP
टिपर दुर्घटनामा पाँच घाइते
By kit
2 मिनेट पढाइ










