६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा २३ औँ विश्व खानेपानी दिवस मनाईयो

११ चैत्र २०७२, बिहीबार ११:५०

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । पानीको मुहान संरक्षण गर्न वातावरणमैत्री व्यवहार बनाउनुको बिकल्प नरहेको लालमटियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “गुणस्तरिय पानी राम्रो काम, पानी महिला आजिविका” भन्ने मुल नाराका साथ देउखुरीको लालमटियामा मंगलबार २३ औँ विश्व पानी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

pani

उनीहरुले जब सम्म हामीले गर्ने व्यवहार बातावरणमैत्री हुदैन तब सम्म खाने पानीको मुहान संरक्षण हुँदैन त्यसैले पानीको मुहान संरक्षण गर्न सबैले वातावरण संरक्षण गर्नु पर्ने बताएका थिए । खानेपानी आयोजनाहरु धेरै निर्माण भए पनि खानेपानी भने प्याप्त हुन नसकेको उनीहरुको भनाई थियो । पानी सबैको अति आवश्यक चीज हो, यसलाई सबैले संरक्षण गर्नुे पर्ने समेत बताएका थिए ।

गाविस स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती लालमटिया तथा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती दाङ्गको सयुक्त आयोजना एवम् जिल्ला खानेपानी उपभोक्ता महासंघ दाङ्गको आर्थिक सहयोगमा पूर्ण सरसफाई अभियानमा गुणस्तरिय पानीको उपभोग बिषयक अन्तरक्रिया कार्यक्रमका साथ विश्व पानी दिवस मनाईएको हो ।

लालमटिया गाविस स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितीका अध्यक्ष तथा लालमटिया गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् जिल्ला खानेपानी उपभोक्ता महासंघ दाङ्गकी अध्यक्ष पुष्पा श्रेष्ठको प्रमुख आतिथ्य तथा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गकी सबइन्जीनियर देबका गौतमको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

महासंघका सदस्य बलदेव मल्लको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु भएको कार्यक्रममा राप्रा नेपालका बाबुराम मल्ल, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी, लालमटिया बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीकी शारदा भुसाल, श्रीचोर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका सचिव दलबहादुर घर्तीमगर, आँपखोली खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष पदमबहादुर पुन, नयाँगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका उपाध्यक्ष रेशमबहादुर मल्ल, जेठानगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शान्तराम कुमाल, मुक्त कमैयाँ समाजका केन्द्रिय सदस्य टेकबहादुर रावत, राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्का, कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र जिल्ला खानेपानी उपभोक्ता महासंघका गोबरडिहाका सहजकर्ता राधेश्याम थारुकुमाल लगायतका वक्ता शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी उपभोक्ता महासंघकी कार्यक्रम अधिकृत सिता पाण्डेले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’