२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

दोस्रो धिमे बाजा प्रतियोगिताको उपाधि लुनिभा धिमे खल : ले हात पारे

१६ पुष २०७५, सोमबार १०:०३

 पुस १६, भक्तपुर (रासस) |  भक्तपुर जिल्लाव्यापी दोस्रो धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १ सिरुटारस्थित लुनिभाः धिमे खलःले हात पारेको छ । सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले १५ हजार नगर पुरस्कारसहित उपाधि हात पारेको हो । 

प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

मेलमिलाप दिवसका अवसरमा फलफूल वितरण 

बयालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज भक्तपुर अस्पतालमा नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिले फलफूल वितरण गरेको छ । समितिले दिवसका अवसरमा आयोजना गरेको फलफूल वितरण कार्यक्रममा अस्पतालका ६८ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरेको छ । 

मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिका सभापति राम कासुलासहितको टोलीले फलफूल वितरण गर्दै देशलाई मेलमिलापको नीतिअनुसार अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य