Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चौथो अर्घाखाँची महोत्सव २०७५ सन्धिखर्कमा हुने

By kit

पुस १६, काठमाडौँ ।  अर्घाखाँची जिल्लाको समग्र बिकाशको आधार कृषि पर्यटन उधोग र ब्यापार संब्रिद्द र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ  चौथो अर्घाखाँची महोत्सब २०७५ यही आउदो पौष २७ गते देखि माघ ८ गते सम्म अर्घाखाँचीको सन्धिखर्कमा हुने भएको छ ।

अर्घाखाची उधोग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको यस महोत्सबमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको ब्यबस्थापनमा अर्घाखाची सन्धिखर्कमा अर्घाखाँची महोत्सब २०७५ आयोजना हुन लागेको हो ।

अर्घाखाची आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य  सन्दिप महतले गराए  ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समान हरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ ।

अर्घाखाँची महोत्सब २०७५ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला  प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष  सन्दिप महतले गराए । उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आह्वान गरे ।