2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका दुई भिन्न स्थानमा आगलागी हुँदा रू १४ लाख बराबरको क्षति

पुस १७, बनियानी | झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । 

बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको हो । 

यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा आठ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी जाहित मियाँको दुई बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानीयवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको छ । दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा