२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस मनाईयो

२०७२, १६ चैत्र मंगलवार ११:३७

सन्तोषकुमार गुप्ता, चैत १६, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष धर्बेन्द्र झाले भालुवाङ्ग जतिको विकासको सम्भावना देशको कुनै ठाउँमा नभएको बताएका छन् । उनले राप्ती अञ्चल मात्र नभई मध्यपश्चिम तथा धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीको प्रबेशद्धार समेत भएकोले यस ठाउँको उपयोग गर्न विकासको प्रवल सम्भावना भएको बताए ।

valubang

नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा राप्तीद्धार साप्ताहिक पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा मंगलबार देउखुरीको भालुवाङ्गमा आयोजित भालुवाङ्ग क्षेत्रको समस्या तथा समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाँले यस्तो बताएका हुन् । देश अब संघीय प्रदेशको अवधारणामा गई सकेकोेले संघीय राज्य अन्र्तगत पनि भालुवाङ्गको विकासको सम्भावना राम्रो रहेको बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका झाँले भालुवाङ्गको समस्यालाई राजनितिकरण गरिएका कारण अहिले सम्म यस ठाउँको विकास हुन सकेको बताए । साँची कै यो ठाउँको विकास चाहँछौँ भने यस ठाउँका समाजिक अगुवाहरु नै अग्रसर भएर लाग्नु पर्छ अनि मात्र विकासको सम्भव छ, झाँले भने । उनले मिडिया चलाउने वा मिडियामा काम गर्ने मान्छे मिडियाको मालिक नभई जसले मिडियो उपयोग गर्छ उ नै बास्तविक मिडिया सञ्चालक हो, झाँले भने ।

new

नेपाल पत्रकार महासंघ दाङ्ग शाखा अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका पूर्व केन्दिय उपाध्यक्ष बिपुल पोख्रेलले दाङ्गको पत्रकारितालाई भालुवाङ्गका पाठकले खबरद्धारी गर्न सक्नु नै पत्रकारिताको सफलता भएको बताए, उनले समग्र भालुवाङ्गको विकासका लागि जतिको यस ठाउँका समाजिक अगुवाहरुको भुमिका छ, त्यतिकै दाङ्गको सञ्चार माध्यमको पनि उत्तिकै भुमिका र दायित्व रहेको बताए ।

पोख्रेलले अब हाम्रो पत्रकारिता यस क्षेत्रको विकास केन्द्रित हुने समेत भने । त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ दाङ्ग शाखा सल्लाहकार सविन प्रियासनले भालुवाङ्ग क्षेत्रको विकासका लागि भालुवाङ्गमा सञ्चार तथा पत्रकारिताको विकासको आवश्यकता रहेको बताए । उनले अहिले सम्म पनि भालुवाङ्गकोे विकास नहुनुमा यस ठाउँमा सञ्चार तथा पत्रकारिताको विकास नहुनै कारण भएको बताए । जिल्लाको घोराही, तुलसीपुरको विकास पनि सञ्चारकै विकासका कारण भएको समेत बताए ।

राप्तीद्धार साप्ताहिकका सम्पादक केशव बोहराको स्वागत तथा पत्रकार ओमप्रकाश गुप्ताको कार्यपत्र प्रस्तुतबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भालुवाङ्गको विकासका लागि यस ठाउँ समाजिक अगुवाहरु स्वम् सक्रिय भए पनि प्रभावकारी सञ्चार तथा पत्रकारिताको विकास एवम् पहुच नभएकै कारण पछि परेको बताएका छन् । भालुवाङ्गमा विकासका प्रबल सम्भावना हुँदाहुँदै राजनितिक खिचातानी कै कारण प्रभावकारी विकास हुन नसकेको समेत बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्ग शाखा उपाध्यक्ष लक्ष्मी आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल संयोजक केपी घिमिरे, संकल्प महिला सञ्चार केन्द्रकी अध्यक्ष लिला शाह, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शेभाखर भुसाल, एकिकृत नेकपा माओवादीका नारायणप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्रपाका केन्द्रिय सदस्य अलिमोहम्मद मियाँ, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, बिप्लप माओवादीका भिमप्रकाश पुन, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समितीका कार्यालय सचिव डा. लोकराज पराजुली, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी र स्थानिय समाजसेवी नुमानन्द सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भालुवाङ्गबाट पहिलो पटक गत बर्ष पत्रकार महासंघको स्थापना दिवसका दिन राप्तीद्धार साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशन आरम्भ तथा बिमोचन गरेको थियो । पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा पत्रिका प्रकाशनमा सहयोग पु¥याउने सम्बाददाता, व्यवस्थापक, कर्मचारी, बिज्ञापनदाता, लेखक सहित करिब एक दर्जन बढीलाई सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन राप्तीद्धार साप्ताहिकका चम्पकराज कार्की र मिना भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ