२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस मनाईयो

१६ चैत्र २०७२, मंगलवार ११:३७

सन्तोषकुमार गुप्ता, चैत १६, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय अध्यक्ष धर्बेन्द्र झाले भालुवाङ्ग जतिको विकासको सम्भावना देशको कुनै ठाउँमा नभएको बताएका छन् । उनले राप्ती अञ्चल मात्र नभई मध्यपश्चिम तथा धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीको प्रबेशद्धार समेत भएकोले यस ठाउँको उपयोग गर्न विकासको प्रवल सम्भावना भएको बताए ।

valubang

नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा राप्तीद्धार साप्ताहिक पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा मंगलबार देउखुरीको भालुवाङ्गमा आयोजित भालुवाङ्ग क्षेत्रको समस्या तथा समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाँले यस्तो बताएका हुन् । देश अब संघीय प्रदेशको अवधारणामा गई सकेकोेले संघीय राज्य अन्र्तगत पनि भालुवाङ्गको विकासको सम्भावना राम्रो रहेको बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका झाँले भालुवाङ्गको समस्यालाई राजनितिकरण गरिएका कारण अहिले सम्म यस ठाउँको विकास हुन सकेको बताए । साँची कै यो ठाउँको विकास चाहँछौँ भने यस ठाउँका समाजिक अगुवाहरु नै अग्रसर भएर लाग्नु पर्छ अनि मात्र विकासको सम्भव छ, झाँले भने । उनले मिडिया चलाउने वा मिडियामा काम गर्ने मान्छे मिडियाको मालिक नभई जसले मिडियो उपयोग गर्छ उ नै बास्तविक मिडिया सञ्चालक हो, झाँले भने ।

new

नेपाल पत्रकार महासंघ दाङ्ग शाखा अध्यक्ष सुदिप गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका पूर्व केन्दिय उपाध्यक्ष बिपुल पोख्रेलले दाङ्गको पत्रकारितालाई भालुवाङ्गका पाठकले खबरद्धारी गर्न सक्नु नै पत्रकारिताको सफलता भएको बताए, उनले समग्र भालुवाङ्गको विकासका लागि जतिको यस ठाउँका समाजिक अगुवाहरुको भुमिका छ, त्यतिकै दाङ्गको सञ्चार माध्यमको पनि उत्तिकै भुमिका र दायित्व रहेको बताए ।

पोख्रेलले अब हाम्रो पत्रकारिता यस क्षेत्रको विकास केन्द्रित हुने समेत भने । त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघ दाङ्ग शाखा सल्लाहकार सविन प्रियासनले भालुवाङ्ग क्षेत्रको विकासका लागि भालुवाङ्गमा सञ्चार तथा पत्रकारिताको विकासको आवश्यकता रहेको बताए । उनले अहिले सम्म पनि भालुवाङ्गकोे विकास नहुनुमा यस ठाउँमा सञ्चार तथा पत्रकारिताको विकास नहुनै कारण भएको बताए । जिल्लाको घोराही, तुलसीपुरको विकास पनि सञ्चारकै विकासका कारण भएको समेत बताए ।

राप्तीद्धार साप्ताहिकका सम्पादक केशव बोहराको स्वागत तथा पत्रकार ओमप्रकाश गुप्ताको कार्यपत्र प्रस्तुतबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भालुवाङ्गको विकासका लागि यस ठाउँ समाजिक अगुवाहरु स्वम् सक्रिय भए पनि प्रभावकारी सञ्चार तथा पत्रकारिताको विकास एवम् पहुच नभएकै कारण पछि परेको बताएका छन् । भालुवाङ्गमा विकासका प्रबल सम्भावना हुँदाहुँदै राजनितिक खिचातानी कै कारण प्रभावकारी विकास हुन नसकेको समेत बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ्ग शाखा उपाध्यक्ष लक्ष्मी आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा राप्ती अञ्चल संयोजक केपी घिमिरे, संकल्प महिला सञ्चार केन्द्रकी अध्यक्ष लिला शाह, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शेभाखर भुसाल, एकिकृत नेकपा माओवादीका नारायणप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्रपाका केन्द्रिय सदस्य अलिमोहम्मद मियाँ, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, बिप्लप माओवादीका भिमप्रकाश पुन, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समितीका कार्यालय सचिव डा. लोकराज पराजुली, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी र स्थानिय समाजसेवी नुमानन्द सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भालुवाङ्गबाट पहिलो पटक गत बर्ष पत्रकार महासंघको स्थापना दिवसका दिन राप्तीद्धार साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशन आरम्भ तथा बिमोचन गरेको थियो । पत्रिकाको पहिलो बार्षिक उत्सवको अवसरमा पत्रिका प्रकाशनमा सहयोग पु¥याउने सम्बाददाता, व्यवस्थापक, कर्मचारी, बिज्ञापनदाता, लेखक सहित करिब एक दर्जन बढीलाई सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन राप्तीद्धार साप्ताहिकका चम्पकराज कार्की र मिना भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की