२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई खेलकूद पोशाक वितरण

२०७५, १८ पुष बुधबार ०७:४६

पुस  १८, गलकोट | विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औं वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीलाई रु ७० हजार बराबरको खेलकूद पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो । 

विद्यालयले देउसी भैलो खेलेर सङ्कलन गरेर निर्माण गरिएकोे आर्थिक कोष र विद्यालय प्रेमीले विद्यालयमा स्थापना गरेको अक्षयकोषको ब्याजवापतको रकमबाट खेलकूद पोशाक वितरण गरिएको सापकोटाले बताउनुभयो । 

पछिल्लो समयमा विद्यार्थीलाई पढाइसँगै खेलकूदतर्फ आकर्षित गराउन खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हालै विद्युतीय हाजिरी मेसिन र सुझाव पेटिकाको व्यवस्था समेत गरिएको छ । चार कक्षासम्म अङ्ग्रजी माध्यमबाट पढाइ भइरहेको स्कुलमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालको छ । 

बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय आधुनिक प्रविधिमैत्री बन्दै अगाडि बढेकाले नमूना विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ