२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

किष्ट शिक्षण अस्पतालले नगरवासीलाइ उपचारमा १५ प्रतिशत छुट दिने

१८ पुष २०७५, बुधबार ११:३३

पुस १८, गोदावरी (रासस) : ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल र महालक्ष्मी नगरपालिकाबीच नगरका जनतालाई उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता भएको छ । 

गत साउन २० गते नगरपालिकाद्धारा घोषित ‘स्वस्थ, स्वच्छ, सफा, समृद्ध, सुन्दर नगर’ अभियान सफल पार्न अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापा र नगर प्रमुख रामेश्वर श्रेष्ठबीच पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अस्पताल र नगरपालिकाबीच शुक्रबार भएको सम्झौतापत्रमा वडाबाट सो नगरभित्रको नागरिक भएको परिचयपत्र वा नागरिकताको फोटोकपी पेश गरेका आधारमा छुट दिइने छ । 

नगरपालिकाले जनसमुदायलाई स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा चेतना जगाउन सूचनामूलक सन्देश सार्वजनिक स्थानमा प्रसारण गराउने, लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालले प्रदान गरेको दन्त कुर्सी एवं दन्त रोगको उपचारमा आवश्यक सामग्री पूर्ति गर्ने, सर्ने र नसर्ने रोगको संङक्रमणबाट सर्वसाधारणलाई सुरक्षित राख्न जनस्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेलगायत सम्झौता गरिएको छ । 

सो अभियान सफल बनाउन अस्पतालले नगरपालिकाका १० वटै वडामा आलोपालो गरी कम्तीमा महिनाको एक पटक विशेषज्ञ टोलीसहितको स्वास्थ्य शिविर आयोजना गर्ने, नगरक्षेत्रबाट अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सरकारबाट प्रायोजित निःशुल्क कार्यक्रम जस्तै खोप, क्षयरोगको औषधि वितरण, प्रसूतिसेवा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकका लागि डायलाईसिस सेवा तथा परिवार नियोजनलाई प्रभावकारी तरिकाले निरन्तरता दिई जनस्तर सम्म पु¥याइने सो सम्झौतामा उल्लेख छ । साथै सो सम्झौतामा एउटै बहिरङ्ग टिकटबाट विभिन्न रोगका चिकित्सकसँग स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सकिने व्यवस्था गरिने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की