2026-06-27 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

किष्ट शिक्षण अस्पतालले नगरवासीलाइ उपचारमा १५ प्रतिशत छुट दिने

2019-01-02

पुस १८, गोदावरी (रासस) : ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल र महालक्ष्मी नगरपालिकाबीच नगरका जनतालाई उपचारमा १५ प्रतिशत सहुलियत दिने सम्झौता भएको छ । 

गत साउन २० गते नगरपालिकाद्धारा घोषित ‘स्वस्थ, स्वच्छ, सफा, समृद्ध, सुन्दर नगर’ अभियान सफल पार्न अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापा र नगर प्रमुख रामेश्वर श्रेष्ठबीच पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अस्पताल र नगरपालिकाबीच शुक्रबार भएको सम्झौतापत्रमा वडाबाट सो नगरभित्रको नागरिक भएको परिचयपत्र वा नागरिकताको फोटोकपी पेश गरेका आधारमा छुट दिइने छ । 

नगरपालिकाले जनसमुदायलाई स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा चेतना जगाउन सूचनामूलक सन्देश सार्वजनिक स्थानमा प्रसारण गराउने, लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालले प्रदान गरेको दन्त कुर्सी एवं दन्त रोगको उपचारमा आवश्यक सामग्री पूर्ति गर्ने, सर्ने र नसर्ने रोगको संङक्रमणबाट सर्वसाधारणलाई सुरक्षित राख्न जनस्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नेलगायत सम्झौता गरिएको छ । 

सो अभियान सफल बनाउन अस्पतालले नगरपालिकाका १० वटै वडामा आलोपालो गरी कम्तीमा महिनाको एक पटक विशेषज्ञ टोलीसहितको स्वास्थ्य शिविर आयोजना गर्ने, नगरक्षेत्रबाट अस्पतालसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने, सरकारबाट प्रायोजित निःशुल्क कार्यक्रम जस्तै खोप, क्षयरोगको औषधि वितरण, प्रसूतिसेवा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिकका लागि डायलाईसिस सेवा तथा परिवार नियोजनलाई प्रभावकारी तरिकाले निरन्तरता दिई जनस्तर सम्म पु¥याइने सो सम्झौतामा उल्लेख छ । साथै सो सम्झौतामा एउटै बहिरङ्ग टिकटबाट विभिन्न रोगका चिकित्सकसँग स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सकिने व्यवस्था गरिने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी