Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माइनस नौ डिग्री तापक्रममा पनि गस्ती गर्दै प्रहरी

By kit 3 मिनेट पढाइ

पुस १८, हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ ।

आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको अवधिमा सुरक्षा दिँदै आएको राति १० बजे बजार गस्तीमा भेटिनुभएका प्रहरी सहायक निरीक्षक भीमबहादुर बस्नेतले बताउनुभयो ।

हिउँद शुरु भएसँगै चिसोका कारण प्रायः स्थानीयवासी चिसो छल्न जिल्ला बाहिर जाने भएको कारण सीमकोट बजारमा हिउँदको समयमा चोरीका घटना बढी हुने भएकाले सुरक्षालाई जोड दिइएको प्रहरी सहायक निरीक्षक बस्नेत बताउनुभयो ।

नेपाल सरकारले हुम्लामा कर्यरत सुरक्षाकर्मीलाई बाक्लो कपडाको व्यवस्था गरे तापनि रातिको समय बजार गस्तीमा निस्किँदा माइनसमा पुगेको तापक्रमले चिसोबाट बचाउन नसकिने प्रहरी जवान शिवलाल केसीले बताउनुभयो ।

सिमकोटका बजारमा सञ्चालित पसल होटल चिसोको कारण ६ बजे नै बन्द हुने गर्छन् । तर नेपाल प्रहरीले कुनै घटना नहोस् भनेर रातिको समय भएपनि बजार गस्तीमा परिचालन गरेको प्रहरी जवान रामबहादुर चौधरीले बताउनुभयो ।