अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः बन्जाडे

साझासवाल
1 Min Read

पुस २०, अर्घाखाँची | अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन अर्घाखाँचीको अध्यक्षमा पूनः गोविन्द बन्जाडे निर्बाचित हुनुभएको छ ।

सन्धिखर्कमा सम्पन्न छैठौं जिल्ला भेलाले अध्यक्ष बन्जाडेको नेतृत्वमा ३ सल्लाहकार सहित १२ सदस्यिय जिल्ला समितिको सर्वसहमत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा शिव के.सी.,सचिव महेश बुढा मगर,सह–सचिव भिम बहादुर खत्री र कोषाध्यक्षमा बिरु भट्टराई रहनुभएको छ । यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी, राजमो जिल्ला अध्यक्ष थम्मन के.स. अन्टुक जिल्ला उपाध्यक्ष तुल्सी गैरे र युनियनका जिल्ला सल्लाहकार शोभाखर भुसालले शुभकामना मन्तव्य राख्दै मुलुकमा भइरहेको महगीं र सामाजिक विकृतिका विरुद्ध सबै एक जुट हुनपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चा निकटको यातायात मजदुर युनियनमा आवद्ध व्याक्तिहरुको उल्लेख्य सहभागितामा सम्पन्न भेलाले देवीराम वेल्वासे,वसना वस्याल, तिलक भुसाल, लक्षमण भुसाललाई सदस्यमा छनोट गरेको छ भने केशव बन्जाडे र केशव भुसाललाई सल्लाहकारमा चयन गरेको अध्यक्षले जानकारी दिनुभएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply