<p>पुस २१, धनकुटा | धनकुटाको साँगुरीगढी गाउँपालिका–३, डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।</p><p>धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।</p>
January 5, 2019
धनकुटा - DNK, समाज
ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्यु
By kit
1 मिनेट पढाइ










