२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ ट्राफिक प्रमुखमा थापा, केसी सल्यान जिल्ला ट्राफिक प्रमुखमा सरुवा

१३ बैशाख २०७३, सोमबार ०७:२४

सन्तोषकुमार गुप्ता, बैशाख १३, भालुवाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख चन्द्र केसीको बैशाख ५ आईतबार जिल्ला ट्राफिक कार्यालय सल्यानमा सरुवा भए पछि उनी आईतबार नै सल्यान पस्थान गरेका छन् भने भालुवाङ्ग ट्राफिक प्रहरी प्रमुखमा कोहलपुरबाट सरुवा भएर अम्मर थापा सोही दिन नै कार्यालयमा हाजिर भएका छन् ।

भालुवाङ्ग ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक चन्द्र केसीले आफ्नो १५ महिने कार्याकालमा आफ्नो क्षेत्र भित्र दैनिक नियमित चार पटक छड्के सवारी साधन चेक जाँच, नागरिकमैत्री व्यवहार, बिद्यालय केन्द्रित ट्राफिक सचेतना अभियान, सडक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम गर्नुका साथै सडक दुर्घटना न्युनिकरणका लागि सरोकार वालाहरु संगै समय—समयमा छलफल तथा चेकजाँचमा कडाई गरेका थिए । केसीको कार्यप्रति भालुवाङ्गबासीले सर्हनीय कार्य गरेको प्रतिक्रिया दिएका छन् ।

केसीको कार्य प्रति व्यवसाय, होटेल व्यवसाय, सवारी चालक, यातायात समितीका पद्धाधिकारी तथा कर्मचारी, संञ्चारकर्मी, नागरिकले समेत जिम्मेवारी पूर्व काम गरेकोमा धन्यबाद समेत दिएका छन् । उनले कहिलै पनि निति नियमलाई मिचेर काम गर्नु भएन बरु नागरिक र व्यवसाय संग मिलेर सडक दुर्घटना कम गर्न नागरिकमैत्री व्यवहार गर्नु भयो राप्ती उद्योग वाणिज्य संगका संस्थापक अध्यक्ष होमप्रसाद शर्माले भने । प्रहरीले निति नियम संगै पूर्ण व्यवहारिक रुपमा नागरिक संग मिलेर काम गर्ने कार्यको विकास गर्नु पर्छ यस्तो प्रवृत्तिबाट मात्र शान्ति सुरक्षा देखि अमन चयन कायम गर्न सकिन्छ शर्माले भने । केसी २०७१ फागुन १५ गते क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट सरुवा भएर आएका थिए ।

यता क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट सरुवा भएर आउनु भएका प्रहरी सहायक निरक्षक अम्मर थापाले नागरिकहरु संगको समन्वय तथा सल्लाह सुझाबबाट सवारी दुर्घटना कम गर्न र ट्राफिक सचेतना फैलाउन आफूले पनि नागरिकमैत्री ट्राफिक सचेतना अभियान सञ्चालन गर्ने बताए । उनले सडक दुर्घटना कम गर्न प्रहरीको एक्लो प्रयासले मात्र हुदैन त्यसका लागि प्रहरी, नागरिक र सवारी चालकहरु बीच समन्वकारी भुमिका हुनु पर्ने समेत बताए । बिगतमा अन्य ट्राफिक प्रमुखहरुले सुरुवात गरेका कार्यहरुलाई निरन्तरता दिंदै पूर्ण नागरिकमैत्री ट्राफिक अभियानलाई व्यवहारिक रुपमा काम गरेर देखाउने बताए ।

भालुवाङ्गमा सञ्चारकर्मीहरु संगको कुराकानीमा प्रहरी सहायक निरिक्षक थापाले हाईवेमा हुने सडक दुर्घटना नियन्त्रण गर्न चार पटक नियमित सवारी चेकजाँच कडा बनाउने र नागरिक संग मिलेर ट्राफिक सचेतना अभियान संगै हुन सक्ने सवारी तथा सडक दुर्घटना नियन्त्रण आफू सधै लाग्ने बताए । साथै उनले मेरो कार्यकालमा ट्राफिक व्यवस्थापन जस्ता कार्यक्रममा सबै गर्न सम्पूर्ण नागरिकमा अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो