2026-07-02 01:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कक्षा १२ को परिक्षा सुरु, दाङमा १६ वटा परिक्षा केन्द्र, ८ हजार १०१ परिक्षार्थी

सन्तोषकुमार गुप्त/ बैशाख २०, दाङ । आज देखि कक्षा १२ को परिक्षा सुरु भएको छ । आज पहिलो दिन अंग्रजी विषयको परिक्षा भइरहेको छ । वैशाखको ३१ सम्म संचालन हुने कक्षा १२ को परिक्षा विहान ७ बजेदेखि १० बजेसम्म निर्धारण गरिएको छ ।

जिल्लामका १६ वटा परिक्षा केन्द्रबाट ८ हजार १०१ परिक्षार्थीले परिक्षा दिदैछन् । दाङमा कुल १६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये देउखुरी क्षेत्रमा ५ , घोराहीमा ५ , तलसीपुरमा ४ र क्षेत्र नम्वर ५ मा २ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । तुलसीपुर क्षेत्रमा ४ वटा र पश्चिम दाङमा २ वटा गरी कुल ६ वटा परिक्षा केन्द्र तोकिएको छ । तुलसीपुरमा, गुरु जजुर उच्चमावि, राप्ती विद्यामन्दिर, राप्ती ववई क्याम्पस, महेन्द्र उच्चमाविमा परिक्षा केन्द्र तोकिएको छ । पश्चिम दाङको वयाले सिमतारा र श्रीगाउँ उच्च माविमा परिक्षा केन्द्र तोकिएको छ ।

राप्तीमा ४६ परिक्षा केन्द्र
राप्ती अञ्चलमा कुल ४६ परिक्षा केन्द्र तोकिएको छ । जसमध्ये प्यूठान जिल्लामा १हजार ५ सय ५९, रोल्पामा १ हजार १ सय ६८ , रुकुममा ३ हजार १ सय ४९ , सल्यानमा १ हजार ८ सय ८३ विद्यार्थी परिक्षामा सामेल रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख रामजनम चौधरीले तुलसीपुर अनलाईनलाई बताए । कक्षा ११ को परिक्षा भने आगामी जेठ २ गते देखि सुरु हुेन छ । राप्तीमा कक्षा ११ र १२ गरी कुल ३२ हजार २ सय ४७ विद्यार्थी रहेको उच्चमावि शिक्षा परिषद दाङका कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध