२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्योे (अपडेट)

२६ बैशाख २०७३, आईतवार ०७:३३

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।

– थप चारजनाको कोहलपुरमा उपचार हुँदै
प्यूठानमा खोलाले जिप वगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ । थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ । उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेजमा मृत्यु भएको हो ।

स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका तीन जनाको मृत्यु भएको हो । शनिवार दिउँसो चारवजे तिर बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई स्थानीय ठाडो खोलाले बगाउँदा ५० वर्षीय बाबु सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको घटनास्थलमै मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिए । कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी ६५ वर्षीया दुवा खनाल मृतक सुकदेव खनालकी आमा हुन । उनीहरु शनिवार विहान सवा पाँच वजे मात्रै स्वर्गद्धारीको दर्शनको लागि घरवाट त्यता गएका थिए । स्वर्गद्धारी दर्शन पछि घर फर्किदै गर्दा जिपलाई खोलाले बगाउँदा उक्त दुःखद दुर्घटना भएको संयुक्त वडा कार्यालय उरहरीका सचिव मानवहादुर रावतले जानकारी दिए । शनिवारको वर्षाले वाटो निर्माणगर्दै गरेको स्थानमा माथिवाट हिलो सहितको लेदोमा गाडी फसेपछि आएको वाढीले उनीहरु सवार स्कार्पियो बगाएको थियो ।

दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्र्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल, र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन् । तर उनीहरुको श्वास्थ्यमा क्रमिक सुधार आएको कोहलपुर मेडिकल कलेजवाट उरहरीको वडा नं. १९ का सचिव एवं स्थानीय वासी मानवहादुर रावतले जानकारी दिए । एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । घाईते सवैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा प्रारभ्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । गाडी चालक कवित चौधरी र अन्य दुई जना मध्ये मृतक सुकदेवका भतिजा सुशील भण्डारी र मृतक सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती भने सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए । चेतराज अवस्ती धनगडी निवासी हुन । अन्य सबै मृतक एवं घाईतेहरु भने उरहरी निवासी नै रहेको वडा सचिव रावतले जानकारी दिए । मृतक तीन जनाको सव अहिले राप्ती अंचल अस्पतालमा राखिएको छ भने उपचारका क्रममा कोहलपुरमा मृत्यु भएकी थप एकजनालाई पनि अञ्चल अस्पताल ल्याएपछि पोष्टमार्टमको कार्य सुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो