२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

वादी समुदाय उत्थान समिति खारेज गर्न नहुने

२५ पुष २०७५, बुधबार ०८:११

सच्चिता घिमिरे |  पुस २५, ललितपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वादी समुदाय उत्थान समितिको खारेजीको तयारी गरिरहँदा यस समुदायको जीवनस्तर उकासिन बाँकी रहेको भन्दै वादी समुदाय उत्थान समितिले खारेजी नगर्न मन्त्रालयलाई भनिरहेको छ । 

मनत्रालयले पटक÷पटक मन्त्रिपरिषदमा अरु विभिन्न समितिसँगै यो समिति खारेजीको प्रस्ताव लगिरहँदा समितिले वादी समुदायको जीवनस्तरमा सुधार नआएकाले समिति राख्नुपर्ने बताएको हो । 

अहिले पनि वादी समुदाय विकासका सबै जसो सूचकका आधारमा सबैभन्दा पछाडि रहेको समितिका कार्यकारी निर्देशक महेश नेपालीले बताउनुभयो । यो समुदायको शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायतका समस्या ज्यूँका त्यूँ रहेको छ । वादी समुदायमा बाध्यात्मक यौन व्यवसायसँगै अरु समस्या रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आफ्नो छुट्टै जग्गा नभएकाले यो समुदायका मानिस अहिले पनि ओढारमा नै वास बस्नुपर्ने अवस्था छ ।” समितिले विगतमा आयमूलक काममा लाग्नका लागि सीप सिकाउने काम गरिरहेको थियो । यो वर्ष खारेजी गर्ने कुरा भएकाले समितिका लागि बजेट नछुट्टिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समिति निष्क्रिय नै छ ।” 

सरकारले एक दशक पहिले नै यो समुदायलाई ‘यौन शोषणमुक्त समुदाय’ घोषणा गरेको थियो । यो समुदायमा यौन व्यवसाय हटेको होइन यसले स्वरुप फेरिरहेको कार्यकारी अधिकृत नेपालीले बताउनुभयो । यस समुदायका महिलालाई अरु जातका पुरुषले विवाह नगरी लामो समयसम्म सँगै बस्दा समस्या निम्तिएको उहाँले बताउनुभयो । 

कतिपयले सन्तान जन्मदा समेत श्रीमतीका रुपमा स्वीकार गरेका छैनन् । ‘यौन व्यवसाय’ जतिकै यो समस्याले विकराल रुप लिइरहेको समितिले बताएको छ । यो समुदायमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गाको समस्या रहेको कार्यकारी अधिकृत नेपालीले बताउनुभयो । अधिकांशसँग आफ्नो नाममा जग्गा छैन । 

यो समुदायका व्यक्ति घुमन्ते, फिरन्ते रुपमा बसिरहेका छन् । अस्थायी रुपमा कहिले ओढार त कहिले खोलाको छेउमा बस्ने गर्छन् । उहाँले भन्नुभयो, “उनीहरु अहिले पनि गर्मीमा खोलाको छेउमा र जाडोमा अरुको गोठमा वा कतै छाप्रो हालेर बसिरहेका छन् ।” 

वादी समुदाय पहिलेदेखि राजा, महाराजाका लागि गाउने, नाच्ने गरेर मनोरञ्जन दिन्थे । पछि बाइसे, चौबिसे राज्य सकिएसँगै मनोरञ्जन दिनेलाई उनीहरुले पेशाका रुपमा लिए । कतिपयले व्यापारमा लाग्न खोजेका छन् । तर अरु जातकाले उनीहरुले छोएकै नखाने हुँदा काम छाड्न बाध्य छन् । उहाँले भन्नुभयो, “अरु मात्रै होइन, अरु दलित जातले समेत यो समुदायले छोएको खाँदैन ।” 

मन्त्रालयले यो समिति प्रदेशमा लैजाने वा दलित आयोगमा नै समेट्ने बताएको छ । एक भन्दा बढी प्रदेशमा यो समुदायका मानिस छरिएर रहेकाले प्रदेशले समेट्न नसक्ने र एकभन्दा बढी प्रदेशमा समिति बनाउनुपर्ने उहाँले बताउनुभयो । 

आयोगले सरकारलाई सिफारिस गर्ने काम गरे पनि समिति आफैँले बजेट सञ्चालन गर्छ । समितिले विगतमा थोरै बजेटमा पनि आयमूलक तालीम दिएको थियो । महिलाका लागि विभिन्न सीपमूलक तालीम र पुरुषका लागि रिक्सा चलाउनेलगायतका सीप सिकाइएको थियो । उहाँले भन्नुभयो, “यो समुदायलाई उकास्नका लागि महिला र पुरुष दुबैलाई रोजगारीमा लगाउन खाँचो छ ।” 

ग्रामीण भेगमा भने यो सुमदाय मादल, शुल्पालगायतका सामग्री बनाएर अरु जातसँग अन्न लिने गर्छन् । शहरमा भने त्यसो गर्न नमिल्दा यौन व्यसायमा संलग्न भइरहेका छन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार यो समुदायको जनसङ्ख्या ३८ हजार ६०३ रहेको छ । वास्तविक जनसङ्ख्या भने योभन्दा दोब्बर भन्दा बढी रहेको समुदायको दाबी छ । 

खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता 

गतवर्ष मनाइएको खड्गजात्रा आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ । ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ र गुठी संस्थान ललितपुर शाखा आगामी वर्ष पनि जात्रा सञ्चालन कसरी गर्ने भन्ने छलफल शुरु भएको छ । 

अवको केही वर्षसम्म सबै निकायले मिलेर जात्रा सञ्चालन गर्ने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । 

गतवर्ष महानगरपालिका र सङ्घ दुबैले रु दुई लाख ७५-दुई लाख ७५ हजार लाख हालेका थिए । केही वर्षसम्म सहकार्यमा चलाउने र त्यसपछि अक्षयकोषको स्थापना गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “सबै मिलेर लाग्दा मात्रै यो जात्राले निरन्तरता पाउन सक्छ ।” 

खड्गजात्रा पाटनको महत्वपूर्ण जात्रामध्ये एक मानिन्थ्यो । आर्थिक अभावलगायतका समस्याका कारण यो जात्रा २४ वर्षसम्म सञ्चालन हुन सकेको थिएन । प्रत्येक वर्ष दशैँका समयमा यो जात्रा सञ्चालन हुने अध्यक्ष महर्जनले बताउनुभयो । 

महानगरपाकिाका प्रमुख चिरीबाबु महर्जनले अक्षयकोषका लागि बढी रकम महानगरपालिकाले हाल्ने बताउनुभएको छ । त्यसमा उद्योग वाणिज्य सङ्घ र अरु सङ्घसंस्थालाई समेत समावेश गर्ने योजना छ । जात्रालाई दीर्घकालीन रुपमा सञ्चालनका लागि आर्थिक स्रोतसहित समिति बनाउने समेत योजना रहेको छ । जात्राका लागि गुठी संस्थानले खान्ची रकमको समेत व्यवस्था गरेको छ । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य