२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको एउटा पुरै गाउँ मृत्युको खतराबाट जोगियो

२७ बैशाख २०७३, सोमबार १३:२०

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखिम पूर्ण खतराबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखिमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान धारामा पानी खोल्ने क्रमामा गन्ध आएपछि एकपछि अर्को गर्दै गाउँभरि हल्ला भएको थियो ।

Dang
गाउँको शिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्भवायर टङ्कीमा स्थानीय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन् । ‘पाँच वजे धारामा पानी खोल्दा ह्वास्स, पानी गन्ध आयो, किन आज यस्तो पानी आयो भनेर घरपरिवारमा खुल्दुली मच्चियो’, स्थानीय नरबहादुर वलीले भन्नुभयो, ‘केहि समयपछि छिमिकीले पनि यस्तै भन्न थालेपछि एकैछिनमा गाउँभरिका मान्छे जम्मा भएर चौकीदारलाई धारा बन्द गर्न पठायांै ।

ट्याङ्कीमा हेर्दा जम्मा भएको पुरै पानी सेताम्य र मेटासिटको डुङडुङ्ती गन्ध आएपछि प्रहरीलाई खबर गरेका हौं ।’ विषादीयुक्त पानी परिक्षणका लागि त्यहाँको उपभोक्ता समितिले नेपालगञ्जमा रहेको पानी प्रयोगशालामा पानी पठाइएको छ । अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखेपछि गाउँलेहरुले उनलाई शंका गरेका हुन् । स्थानीयले ट्याङ्कीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् ।

डेढ घण्टा पैदल हिडेर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सैयांैको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग गरेका छन् । ५ सयको संख्या रहेका भट्टेका स्थानीयहरुका लागि पानी बितरण गर्दै आएको उक्त टंकीबाट १ सय १५ वटा धारा बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो