2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा छुटाछुट्टै दुर्घटना एकको मृत्यु, सात जना घाईते सबैको बुटवलमा उपचार हुँदै

dang newsसन्तोषकुमार गुप्ता/ बैशाख २८, दाङ ।  दाङको तुलसीपुरमा मंगलवार विहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने थप दुई जना गंभिर घाईते भएका छन् । तुलसीपुर अमेलीया सडक खण्डको तुलसीपुर १२ हरिपौरीमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा तुलसीपुर १८ का २० वर्षीय विजय धितालको मृत्यु भएको छ ।

दुर्घटनामा परि गंभिर घाईते उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतक धिताल घरतर्फ जाँदै थिए । मोटरसाईकलमा पछाडी सवार उनका फूपुका छोरा घोराही निवासी २० वर्षकै मनिस धिताल गम्भिर घाईते भएका छन् ।

उनको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि बोलेरो चालक विजौरी ४ हेमन्तपुर निवासी निवासी अन्दाजी २६ वर्षीय यमबहादुर डाँगी पनि गम्भिर घाईते भएका छन् । उनको पनि हाल राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको छ । मंगलवार विहान साढे १० बजेतिर अमेलीयावाट तुलसीपुर आउँदै गरेको ग २ च १०४४ नम्वरको बोलेरो र तुलसीपुरवाट सितलपुरतर्फ जाँदै गरेको रा २ प ८१६ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । तिव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

त्यसैगरी लमही सहकर्मी दशरथ घिमिरेका अनुसार ट्रकले मोटर साईकललाई ठक्कर दिँदा दाङमा तीन जना घाईते भएका छन् । दुर्घटनामा परि मोटरसाईकलमा सवार सतवरीया २ बनघुस्री निवासी लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी, उनकी श्रीमती नारायणी सुवेदी र दामोदर पुन मगर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय लमहीका अनुसार घाइते तीनै जनाको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ । घाईते तीनै जनाको खुट्टा फ्याक्चर भएको जानकारी दिइएको छ । मंगलवार विहान साढे ८ बजेतिर पूर्वपश्चिम राजमार्गको सतवरिया २ वनघुर्सीमा ना २ ख ४७१३ नम्वरको ट्रकले रा १ व २३१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको ट्रक र पश्चिम वाट पूर्वतर्फ जाँदै गरेको मोटरसाईकल एक आपसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो ।
त्यसैगरी देउखुरीको भालुवाङ प्यूठान सडक खण्ड अन्र्तगत बर्राबासको ओरालोमा मंगलबार टेक्टर दुर्घटना हुँदा दुई जना महिला गम्भीर घाईते भएका छन् ।

प्यूठानको ददेरीबाट दाङको भालुवाङ आउने क्रममा रा १ त १४३४ नम्बरको टेक्टर लालमटिया—३ बर्राबासमा अन्त्रित भई टेक्टरको ट्राली पल्टिदा लालमटिया—३ की ३२ बर्षीय प्रमिला महत्तरा र सोही ठाउँकी ३३ बर्षीय आसा चौधरी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

घाईते दुबैको भालुवाङ्गमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठार्ईएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका ट्राफिक प्रमुख अम्मर थापाले जानकारी दिए । टेक्टर र चालकलाई भने ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो