२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

२६ पुष २०७५, बिहीबार ०८:२०

पुस  २६, गोदावरी | पशुपति अन्नपूर्ण आश्रम, नेपाल परम्परागत बौद्ध सङ्घ र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको संयुक्त पहलमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम वेनी र ज्येष्ठ नागरिक सेवा केन्द बाँडेगाउँका ज्येष्ठ नागरिकलाई आज २१० थान ज्याकेट वितरण गरिएको छ । आश्रमका अध्यक्ष प्रा डा जगदीश वैध, सङ्घका सदस्य विजयज्योति शाक्य र कोषका सभापति रामकृष्ण कर्माचार्यले गलेश्वरधाम आश्रममा ८० थान र ज्येष्ठ नागरिक सेवा केन्द्र बाँडेगाउँलाई १३० थान ज्याकेट वितरण गरेको पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष प्रा डा वैधले जानकारी दिनुभयो । 

उहाँले विसं २०४० बाट ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण गर्दै आएको र ३५ वर्षदेखि आफ्नै पारिश्रमिकबाट जाडोमा न्यानो कपडा वितरण गर्दै आएको बताउनुभयो । 

यो वर्ष सुदूरपश्चिमाञ्चल, स्वर्गद्धारी र चितवनमा ज्याकेट वितरण गरिएको छ । देशभर ज्येष्ठ नागरिकको अवस्थालाई ध्यानमा राखी पाँच हजार ५०० ज्याकेट वितरण गर्ने योजना रहेको बताइयो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले नेपालमा कूल ३० लाख ज्येष्ठ नागरिक सङ्ख्या रहेका जानकारी दिनुभयो । 

“गत वर्ष यी तीन आश्रम, सङ्घ र कोषले संयुक्त रुपमा गलेश्वरधाम आश्रममा रहनुभएका पुरोहित, गुरु, ज्येष्ठ नागरिक र त्यहाँका शिक्षकलाई न्यायो कपडा वितरण गरेको नेपाल परम्परागत बौद्धधर्म सङ्घका सदस्य शाक्यले भन्नुभयो ।” रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य