2026-09-01 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

 पुस २६,भरतपुर | चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ । दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो । 

महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै हो । महिला कैदीबन्दी गृहमा क्षमताभन्दा चौगुणा बढी राख्नुपरेको कारागारका शाखा अधिकृत तथा जेलर कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । आश्रित पाँच बालबालिका पनि महिला कैदीबन्दी गृहमा बस्छन् । मकवानपुर जिल्लामा महिला कैदीबन्दी गृह नभएका कारण सबै चितवन ल्याउने गरिएको काफ्लेले बताउनुभयो । आधा महिला कैदीबन्दी मकवानपुर जिल्लाका मात्रै छन् । “लागुऔषध र मानव बेचबिखनका घटना मकवानपुरमा धेरै हुने गरेका छन्, काफ्लेले भन्नुभयो’ “त्यस कारण पनि धेरै महिला कैदीबन्दी मकवानपुरबाट ल्याइने गरिएको छ ।” 

आर्थिक वर्ष २०७४÷७५ मा पुस महीनामा ६०० कैदीबन्दी रहेका थिए । त्यसयता चितवन कारागारले एकैपटक ७०० बढी कैदीबन्दीको भारसमेत थेग्नुपरेको काफ्लेले बताउनुभयो । विभिन्न अपराधमा मुद्दा खेपिरहेका कैदी तथा बन्दीको सङ्ख्यामा अधिक वृद्धि भएको कारण कारागार सञ्चालनमा समस्या हुनेगरेको उहाँको भनाइ छ । छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकोले चाप झन बढेको काफ्लेले बताउनुभयो । रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ । पूर्वी नवलपरासीबाट अहिलेसम्म ८९ बन्दी चितवन ल्याइएका छन् । 

कारागारमा सबैभन्दा धेरै जबर्जस्ती करणी मुद्दाका १ सय ५६ जना, लागूऔषध बिक्री तथा प्रयोग गर्नेमा १५० जना, गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न १०६ छन् । यस्तै, कर्तव्य ज्यान मुद्दाका ८८, सवारी ज्यान मुद्दाका ४८ चोरी मुद्दाका २७ जना तथा मानव बेचबिखन मुद्दाका ३० कैदी तथा बन्दी रहेका छन् । 

अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन तर, यो मान्यताभन्दा धेरै गुणा बढी बन्दीको कारागार बसाई कष्टपूर्ण बनिरहेको छ | रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला