२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकका दाहाल फ्याँकिएका कागजबाट कलम उत्पादन गर्दै

२६ पुष २०७५, बिहीबार ०९:४५

पुस २६, दमक |  झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ । 

तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । कुवेतको एउटा बैंकको स्टेश्नरी विगभामा काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश कलम कागजबाट बनेको देखेपछि आफ्नै ठाउँमा पनि उहाँले त्यस्तो प्रविधि भित्र्याउनुभएको हो । 

“यो प्रविधिबाट उत्पादित कलम वातावरणमैत्री पनि छ” ३४ वर्षीय दाहालले भन्नुभयो, “ यसरी कलम उत्पादन हुँदै आएको सम्भवतः यो देशकै पहिलो उद्योग हो ।” कागजबाट कलम बन्ने तरिका इन्टरनेटमार्फत सिकेको र प्रविधिको खोजी इन्टरनेटमार्फत नै गरेको दाहाल बताउनुहुन्छ । अहिले प्रयोगमा आइरहेको काठको कलमले वातावरणमा असर गरिरहेको थाहा पाएपछि आफूमा कागजको कलम बनाउने इच्छा बढेको उहाँले बताउनुभयो । मेशिन खरीद गरेर यस्तो प्रविधिको उद्योग स्थापना गरिएको हो । 

अहिले नेपालमा वार्षिक करोडौँ रुपैयाँको कलम भारत तथा अन्य मुलुकबाट आयात हुन्छ । विदेशबाट ठूलो परिमाणमा आयात हुने कलमलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेर यस्तो उद्योग स्थापना गरिएको उद्योग सञ्चालक दाहालको दाबी छ । 

शुरुआती क्रममा उद्योगमा रु ३५ लाखको निजी लगानी गर्नुभएका उहाँले दैनिक एक लाख ५० हजार कलम उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल दैनिक तीन हजार कलम उत्पादन गर्नुभएको छ । मागबमोजिम मात्र कलम उत्पादन भइरहेको छ । उपभोक्ताले नेपाली उत्पादनको महत्व नबुझी दिँदा बजार पाउन समस्या आएको उहाँको गुनासो छ । भन्नुहुन्छ, “उपभोक्ताले स्थानीय उत्पादनलाई बजारीकरणमा सघाउ गर्न खाँचो छ ।” उद्योगमा चार जनाले रोजगारी पाएका छन् । उहाँले भन्नुभयो, “उत्पादन क्षमताअनुसार बजारमा कलमको मागको अभाव छ ।” 

युवा व्यवसायी दाहालको यो वातावरणमैत्री कलम उत्पादनलाई टेवा दिनुपर्ने खाँचो रहेको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको भनाइ छ । उपप्रमुख अधिकारीले भन्नुभयो, “आफ्नै ठाउँमा युवालाई स्वरोजगार बनाउन विभिन्न योजना बनाइरहेको छौँ, यस्तो स्वरोजगार नीतिमा नगरपालिका गम्भीर छ ।” रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा