शिवप्रसाद शर्मा/भाद्र १६, पर्वत । समाज कल्याण स्रोत विकास केन्द्र(सोडेक नेपाल) ले आफ्नो सार्वजनिक जनचासोका सुचनाहरु प्रदान गर्नका निम्ती संस्थागत रुपमा सुचना अधिकारी तोकेको छ ।
हालै वसेको संस्थाको व्यवस्थापन समितिको वैठकले सो जिम्मेवारीका निम्ती संस्थाका आजिवन सदस्य एवं रुपान्तरणीय सामाजिक परिचालन कार्यक्रमका संयोजक रमेश प्रसाद रिजाललाई सुचना अधिकारीका रुपमा तोकेको हो ।
नेपाल सरकारको सुचनाको हक सम्वन्धी निति नियम र व्यवस्था अनुरुप नै संस्थाले जनताको सार्वजनिक चासो र परियोजनाका लाभान्वीत वर्गको सुचनाको हक व्यवस्थापनका निम्ती सुचना अधिकारी तोकेको जनाइएको छ ।
सोडेक नेपालले सुझाव तथा गुनासो पेटीका, संस्थागत रुपमा संचालन गरेका परियोजनाहरुको वार्षिक जिल्ला स्तररिय उपलव्धी समिक्षा, परियोजनाका सरोकारवालाहरु को उपस्थितीमा सार्वजनिक सुनुवाई आदी गर्दै संस्थागत पारदर्शिता र सार्वजनिक जवाफदेहीता को नमुना प्रस्तुत गर्दै आइरहेको छ । उक्त संस्था गैसस महासंघ नेपाल, जिल्ला शाखा पर्वतको अनुगमनमा उत्कृत्ट सुशासीत संस्थाको रुपमा पुरस्कृत संस्था समेत हो ।