२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१७ भाद्र २०७२, बिहीबार १९:३३

२३ जना जुवाडे पक्राउ
भदौ-१८, पर्वत । जुवाको अखडानै बनाई जुवा खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले २३ जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको छ ।
जुवाको अखडानै बनाई जुवा खेल्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको १५ जनाको विशेष टोलीले देउपुर ९ पातिचौरमा जितबहादुर हमालको घरमा तास खेलिरहेको अबस्थामा पक्राउ गरिएको जनाएको हो । विहिबार दिउँसो तीन बजेको समयमा छापा मार्दा .२६ हजार ६ सय ८६ रुपैयाँ , एक झोला तास सहित जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २३ जनालाई पक्राउ गरी जुवा मुद्धामा म्याद थपको लागि जिल्ला अदालत पर्वतमा पठाइएको प्रहरीले जनाएको छ । केहि साता अगाडी सदरमुकाम कुश्मानै जुवा खेलीरहेको अवस्थामा नेपाली काँग्रेस पर्वतका उपाध्यक्ष युवराज जोशी सहित ६ जनालाई प्रहरीले रङ्गे हात पक्राउ गरेको थियो भने अभियुक्तको बारेमा जानकारी गराउनको लागि प्रहरी असमर्थ रहेको थियो ।

जिल्लामा रहेका ठूला नेतालाई जुवाको खालबाट रङ्गे हात पक्राउ गर्दा पनि मिडियालाई जानकारी नदिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताइएको थियो । अहिले जिल्लामा पक्राउ परेका अभियुक्त खुलेआम हिडेका छन् या उनीहरुलाई कानून बमोजिम कार्वाहीको दायरामा ल्याइएको छ त्यो भने खोजिको विषय बनेको छ किनकी जिल्लाबाट पक्राउ परेका अभियुक्त पक्राउ परेको केहि घण्टामा नै छुटेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प आज काठमाडौँका तीन स्थानमा प्रदर्शन