२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा २३ जना जुवाडे पक्राउ

१८ भाद्र २०७२, शुक्रबार ०१:४३

भदौ-१८, पर्वत । जुवाको अखडानै बनाई जुवा खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले २३ जना जुवाडेलाई रङ्गे हात पक्राउ गरेको छ ।

जुवाको अखडानै बनाई जुवा खेल्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको १५ जनाको विशेष टोलीले देउपुर ९ पातिचौरमा जितबहादुर हमालको घरमा तास खेलिरहेको अबस्थामा पक्राउ गरिएको जनाएको हो । विहिबार दिउँसो तीन बजेको समयमा छापा मार्दा .२६ हजार ६ सय ८६ रुपैयाँ , एक झोला तास सहित जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २३ जनालाई पक्राउ गरी जुवा मुद्धामा म्याद थपको लागि जिल्ला अदालत पर्वतमा पठाइएको प्रहरीले जनाएको छ । केहि साता अगाडी सदरमुकाम कुश्मानै जुवा खेलीरहेको अवस्थामा नेपाली काँग्रेस पर्वतका उपाध्यक्ष युवराज जोशी सहित ६ जनालाई प्रहरीले रङ्गे हात पक्राउ गरेको थियो भने अभियुक्तको बारेमा जानकारी गराउनको लागि प्रहरी असमर्थ रहेको थियो ।

जिल्लामा रहेका ठूला नेतालाई जुवाको खालबाट रङ्गे हात पक्राउ गर्दा पनि मिडियालाई जानकारी नदिई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको बताइएको थियो । अहिले जिल्लामा पक्राउ परेका अभियुक्त खुलेआम हिडेका छन् या उनीहरुलाई कानून बमोजिम कार्वाहीको दायरामा ल्याइएको छ त्यो भने खोजिको विषय बनेको छ किनकी जिल्लाबाट पक्राउ परेका अभियुक्त पक्राउ परेको केहि घण्टामा नै छुटेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली