भदौ १८, पर्वत / बनौं माध्यमिक विदुयालय बनौमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बिहीबार भएको विद्यार्थीहरुको एक वृहत भेलाले चन्द्र पाईजाको अध्यक्षतामा ११ सदस्यीय बालअधिकार चेतना समूह गठन गरेको छ ।
नवगठित समूहको उपाध्यक्षमा उमेश पुन, सचिवमा तुकबहादुर पुन र कोषाध्यक्षमा यमकुमारी शर्मा रहेका छन् भने अन्य सदस्यहरुमा दिलिपा फकामी, शुशिला पुन, सागर वि.क., नविन फकामी, दिपशन फकामी, शुशिला फकामी र टकमाया पुन रहेका छन् ।
छात्रा मञ्जु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का स्थानीय सामाजिक परिचालक मीना पुनले बालअधिकार चेना समूहको आवश्यकता, महत्व तथा काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गनुभएको थियो ।
कार्यक्रमम मानवअधिकार निगरानी समूह बनौका अध्यक्ष गौबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पूर्जा, प्राधानाध्यापक चक्रबहादुर पाइजा लगायतले बोलेका थिए भने भेलाल नियमित रुपमा बाल भित्ते पत्रिका समेत प्रकाशन गर्ने निर्णय गरेको इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटाले जानकारी दिए ।