२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

रत्ननगरका जनप्रतिनिधिका लागि आचारसंहिता जारी

३० पुष २०७५, सोमबार ०९:०१

पुस ३०, भरतपुर | रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । 

जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । 

नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा खान पाउने छैनन् भने नगरभित्रका कुनै पनि ठेक्कापट्टाको काम गर्न र गराउन पाउने छैनन् । आचारसंहिता पालना भए नभएकोबारे अनुगमन गर्न नगरप्रमुखको अध्यक्षतामा उपप्रमुख सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी समिति निर्माण गरिएको छ । 

जनप्रतिनिधिका लागि आचारसंहितासहित बालमैत्री नगरसम्बन्धी आचारसंहिता र विभिन्न योजना संशोधन प्रस्ताव पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले जानकारी दिनुभयो । 

सन् २०१९ भित्र नगरपालिकालाई बालमैत्री नगर बनाउने लक्ष्य लिइएकाले बालमैत्रीसम्बन्धी आचारसंहिता नगरसभाले पारित गरेको हो । नगरसभामा विधान मस्यौदा समितिका संयोजक तीलकराज शर्माले बालमैत्री आचारसंहिता प्रस्ताव, मस्यौदा समिति सदस्य अपिल अधिकारीले जनप्रतिनिधिको आचारसंहिता र कार्यपालिका सदस्य राजेन्द्र हमालले योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । 

नगरसभामा सबै प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको नगरप्रमुख वनले जानकारी दिनुभयो । नगरसभाले वडागत र नगरस्तरीय विभिन्न ३२ वटा योजना संशोधन गरी २९ वटामा झारेको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो