२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यूएईमा तिजको कार्यक्रममा रमाए नेपालीहरु

२२ भाद्र २०७२, मंगलवार ०५:०६

uae teej

रोशन तिवारी । भदौ २१, पर्वत । नेपालमा तिजको रौनक बिस्तारै छाउँदै छ तर पर्वतबाट बिदेशमा पुगेका नेपालीलाई पहिल्यै देखी तिजको रौनकले छाएको छ । त्यहिभएर होला सम्पूर्ण पर्वत बासी एक हौ भन्ने मुल नाराका साथ युएईमा स्थापना भएको पर्वत सेवा समाजले तिज विशेष धमका २०७२ सम्पन्न गरेको छ ।

बिभिन्न काममा बिदेशीएका नेपालीहरु कर्यक्रममा सहभागी भएर रमाइलो गरे । आफ्नो कला संस्कृति र संस्कारलाई जोगाई राख्ने उद्देश्यले हिन्दुनारीहरुको महान चाड हरितालीका तिजको अवसरमा आयोजना भएको कार्यक्रममा पर्वतका कलाकार लोक गायक कुलेन्द्र विश्वकर्मा र पुर्वेली लोक गायिका रमिला न्यौपानेले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । उनीहरुको प्रस्तुतीमा पर्वते युवायुवती मात्रै होईन अरु जिल्लाका नेपालीहरु प्नि धित खोलेर नाचे र कलाकार संग रमाए ।

कार्यक्रमका सभापति समाजका अध्यक्ष राजेन्द्र अधिकारी, प्रमुख अतिथि संस्थाका संरक्षक मणि भुर्तेल, र विशेष अतिथि संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

विदेशमा काम संग संगै आफ्नो कलाकारीतालाई पनि निरन्तरता दिदै आईरहनु भएका स्थानिय कलाकारहरु हरि डुम्रे, विक्रम पौडेल, सविता आचार्य, डिवी कालीज, र नेपाल बाटै आउनु भएका कालाकार लोकनाथ सापकोटा लगाएतका अन्य कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । बिदेशमा तिज मनाउन पाएकोमा पिपलटारी घर भएका समाजका अध्यक्ष राजेन्द्र अधिकारी सबैभन्दा गदगद हुनुहुन्थ्यो । उहाँले कार्यक्रम निकै सफल भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाको स्थापना कालदेखीनै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएका संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलाई दोसल्ला ओढाई सम्मान समेत गरीएको थियो । पर्वत सेवा समाजले यूएईमा रहेर नेपालका भूकम्प पीडितहरुलाई समेत सहयोग गरेको थियो । संस्थाले बिभिन्न रोगीहरुको उपचारमा समेत सहयोग जुटाउने जस्ता सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने