२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच सवारी साधन नियन्त्रणमा

२०७२, २४ भाद्र बिहीबार ०७:५९

भदौ २४, पर्वत / अबैध रुपमा ढंगा वालुवा चोरी निकासी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । अबैध रुपमा कटिङ ढुंगा बालुवा चोरी निकासी गर्ने पाँच सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रमणमा लिएको हो ।

बुधबार माझफाट वाट कुश्मा पर्वत तर्फ अबैध रुपमा ल्याउादै गरेको कटिङ ढुंगा सहित ग १ त २३८२ र लु २ त ८९९३ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने कालीगण्डकी किनारबाट अबैध रुपमा बालुवा, ढुंगा निकाली रहेको क्रममा २ ख ७५६० ,ग १ ख ५०२६ को टिप्पर र ध १ त २७१ नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनलाई जिल्ला विकास समितिको जिम्मा लगाइएको र कानूनी कार्वाही अगाडी बढेको प्रहरीले बताएको छ । यतिबेला जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा सामाजिक विकृति तथा अबैध रुपमा चोरी निकासी गर्ने सवारी साधनलाई पक्राउ गर्ने कार्यलाई तिब्र रुप दिएको छ ।

जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याउने कसैलाई नछाड्ने बताउने प्रनाउ गंगा पन्त यतिबेला चर्चाको शिखरमा छिन् । जिल्लामा पहिले कसैले पनि जुवा मुद्धामा कसैलाई पक्राउ गरी कानूनको कसीमा ल्याउन नसेको तर पन्तले ल्याएको भन्दै एकतर्फ उनको प्रशंसा गर्नेको जमात भेटिन्छ भने अर्कोतर्फ उनी आफ्नो बोली र व्यवहारमा चुकेको भन्नेहरु पनि भेटिन थालेका छन् ।

जिल्लामा सरुवा भै आएको महिना दिन नवित्दै उनले जिल्लामा दुइ जुवाको खालबाट युवानेता सहित २८ जनालाई पक्राउ गरेता पनि सानालाई मात्रै कानूनी कसी लगाएको तर ठूलालाई छाडेको उनीमाथि आरोप लागेको छ । पन्त माथि लागेको आरोपको खण्डन उनले कसरी गर्छिन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने