२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२८ भाद्र २०७२, सोमबार ०३:४१

भदौ , कुश्मा, पर्वत । नेष्डो सुचना विभाग÷महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा रोटरी क्लव अफ पर्वत एवम् इनरह्वील क्लव अफ पर्वतद्वारा पर्वत सदरमुकाम कुश्मावजारमा शनिवार विविध क्रियाकलाप सहित तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरियो ।

क्लवका सदस्यहरु र जिल्लामा रहेका सरकारी तथा गैर सरकारी निकायका महिला प्रमुखहरु, महिला सञ्चारकर्मी लगायत सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेका महिला दिदी वहिनी विच संस्थागत सदभाव एवम् आत्म सम्मानमा अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा हालै मात्र विभिन्न जिम्मेवारी वहन गर्नु भएका रोटरी अभियानमा संलग्न व्यक्तित्वहरुलाई क्लवको तर्फवाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा डेमाक्याटिक लयर्स एशोसिएसन, पर्वतको दोश्रो अधिवेशनवाट अध्यक्ष चयन हुनु भएकोमा क्लवका संस्थापक अध्यक्ष, अधिवक्ता रो.विश्व प्रकाश प्रसाई, डेमोक्याटिक इन्जिनियर्स एशोसिएसन, नेपालको केन्द्रिय सदस्य चयन हुनु भएकोमा रो.रविन्द्र तिवारी, राष्ट्रिय शिक्षा पुरस्कार–२०७१ वाट सम्मानित हुनु भएकोमा क्लवका सचिव रो.रामकृष्ण रेग्मी रहनु भएको छ ।

यसै गरी एसएलसी परिक्षा–२०७१ मा धवलगिरी अञ्चलमा प्रथम तथा राष्ट्रिय स्तरमा छैटौं स्थान हासिल गर्ने पर्वत जिल्ला वाजुङ्ग गाँउ विकास समिति, वडा नं. ४ निवासी गान्धी शर्मा र नीजले अध्ययन गरेको नमुना आवसीय उच्च माध्यामिक विद्यालयलाई समेत क्लवको तर्फवाट सम्मान गरिएको थियो । समाजका हरेक क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने सदस्यहरुलाई सम्मान गरी प्रोत्साहित गर्ने रोटरी परम्परा रँहदै आएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रहरी नायव उपरिक्षक गंगा पन्तले तीज भडकिलो हँुदै आएको भन्ने सन्दर्भमा तीज भडकिलो भएको नभई महिलाहरुको क्रियाशिलतामा वृद्धि भएको वताउनु भयो । यस किसिमका तीज विशेष कार्यक्रम शहरवजारदेखि ग्रामीण क्षेत्रसम्म र सम्पन्न परिवारका विचवाट विपन्न परिवारसम्म पु¥याउन सवैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी, इनरह्वीलमा परिवारको उच्च महत्व हुने हुँदा धार्मिक विश्वास वोकेको महिलाहरुको महानपर्व तिजका अवसरमा आयोजित कार्यक्रम औचित्यपुर्ण रहेको वताउदै कार्यक्रमले महिलाहरुको आत्माविश्वासमा वृद्धि हुने वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष रो. शिव प्रसाद शर्मा, महिला सञ्चारकर्मी मायाँ अधिकारी लगायतले महिलाहरुको विद्यमान अवस्था र तीज पर्वको वारेमा आफ्नो धारणा राख्नु भएको थियो । शुभकामना आदान प्रदानसंगै विविध मनोरन्जनात्मक कार्यक्रम सहित आपसमा खुशी वाँडदै दर समेत खुवार्ईएको थियो ।

कार्यक्रम रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षता, इनरह्वील क्लव अफ पर्वतका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासीको स्वागत एवम् सचिव रामकृष्ण रेग्मीको सञ्चालनमा सम्पन्न भएको क्लवका नि.वर्तमान अध्यक्ष प्रेम प्रसाद पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने