२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अबैध जडिबुटी सहित दूई जना पक्राउ

२०७२, २८ भाद्र सोमबार १०:५०

भदौ २८, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध जडीबुटी सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार कुश्मा नगरपालिका बडा न.१० शिवालय चोकबाट जुम्ला नारङकोट गाबिस ८ घर भएका बर्ष २७ का जाड बहादुर बुढा र बर्ष ३९ का धन बहादुर बुढालाई संकास्पद रुपमा हिडेको अवस्थामा चेकजाच गर्ने क्रममा निजहरुको साथहरुबाट निम्न अबैध जडिबुटि फेला परेको बताइएको छ ।

प्रहरीले जाडबहादुर बुढाको साथबाट शिलाजित १५ डिव्वा र खुल्ला २ किलो २०० ग्राम, हर्रावर्रा ३१ प्याकेट, यार्सागूम्बा २३२ पिस, जेठी मन्धु १३ प्याकेट, मुतकेश २ पिस, निरमसि ५ पिस बरामत गरेको बताएको छ भने अर्का धनबहादुर बुढाको साथबाट शिलाजित १५ डिव्वा र खुल्ला २ किलो १०० ग्राम, हर्रावर्रा १ केजी ६०० ग्राम, यार्सागूम्बा २४१ पिस ,जेठी मन्धु ३५ प्याकेट , रुद्राक्ष गेडा २५ पिस, निरमसि ५ पिस, भटिपाल ५ पिस कालो ढुंगा सहित पक्राउ गरेको बताएको छ ।

दुवैजनालाई थप अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा पठाइएको बताएको छ । पछिल्लो समयमा जिल्लामा अबैध धन्दा चलाउनेहरुको बढेको प्रहरीको तथ्याङकले देखाउाछ । केहि समय अगाडीमात्र जिल्ला प्रहरी कार्यालयले अबैध रुपमा ढुंगा, बालुवा, मार्बल ढुंगा, काठ तस्कर गर्नेलाई रङगेहात पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो