२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्युत महशुल नवुझाउने सरकारी कार्यलयलाई अल्टिमेटम, १७ लाख वढी विद्युत महशुल बक्यौता

२०७५, ५ माघ शनिबार ०८:३९

माधव बेल्वासे | माघ ५, कपिलवस्तु | कपिलवस्तुका अधिकांश सरकारी कार्यलयहरुले विद्युत महशुल वुझाएका छैनन् । सरकारी कार्यलयहरुको लापरवार्हीले गर्दा लाखौ रकम बक्यौता देखिएको छ । विद्युत वितरण केन्द्र कृष्णनगरका अनुसार अधिकांश सरकारी कार्यलहरुले महशुल नवुझाएको जनाएको छ । वितरण केन्द्र अन्तरर्गत रहेका ५ वटा स्थानिय तहमा गरी १७ लाख ३९ हजार भन्दा वढी महशुल बक्यौता रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताए । शिवराज नगरपालिका,कृष्णनगर नगरपालिका,वुद्धभुमी नगरपालिका ,महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकामा रहेका सरकारी कार्यलयहरुमा सो रकम बाकी रहेको हो ।

पाँच स्थानिय तह मध्ये सवै भन्दा वढी विजयनगर गाउँपालिकाको रहेको छ भने थोरै शिवराज नगरपालिकामा रहेको छ । विजयनगर गाउँपालिकामा रहेका कार्यलय वाट ८ लाख २ हजार १ सय ५८ रुपैया वाकी रहेको छ जसमध्ये साविक गणेशपुर गाविसमा ६ हजार २ सय ६८,खुरुहुरिया गाविसमा ४८ हजार ५ सय ६९, स्वास्थ्य चौकी पत्थदेहियामा २१ हजार २ सय ५७ र पशु सेवा केन्द्र गणेशपुरमा ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको छ ।

त्यस्तै कृष्णनगर नगरपालिका पनि महशुल नतिर्ने दोस्रो नम्वरमा परेको छ । हाल नगरको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४ सय ५३,भिल्मी गाविस २९ हजार ६सय ४१ ,पुरुषोत्तमपुर गाविस ४ हजार १ सय ७६,विद्यानगर गाविस ३७ हजार ९ सय ६५, अजिगरा गाविस १ हजार १ सय ५५,सिर्सिहवा गाविस २ लाख ६३ हजार ९ सय ८२ , स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५ सय ५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८ सय ४९ ,जिल्ला उपस्वास्थ्य चौकी वहादुरगज ७७ हजार ४ सय ८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २ सय ६३ रकम बक्यौता रहेको छ ।

तेस्रो नम्वरमा भने वुद्धभुमी नगरपालिका रहेको छ । यस मातहत रहेका सस्थावाट १ लाख ९६ हजार ५ सय २ रुपैया बक्यौता रहेको छ जसमा साविक वुडडी गाविसको ३४ हजार २ सय ५१,बरकलपुर गाविसको २ हजार ४ सय ९२ धनकैली गाविसको  ३६ हजार ८ सय ७३, वुद्धभुमी नगरपालिकाको कार्यलयको ३४ हजार १ सय ९५,राजपुर हेल्थ पोष्ट को १ हजार ६ सय १२,दुविया उपस्वास्थ्य चौकीको २ हजार ३सय ८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८ सय ९०,कृषि सेवा केन्द्र वुडढी ४९ हजार ८ सय ३५,कृषि तथा पशु सेवा केन्द्र हनुमानचोक २७ हजार ९ सय ६८ रकम बक्यौता रहेको छ ।

त्यस्तै महाराजगंज नगरपालिकामा पनि १ लाख ५९ हजार ७ सय ९६ रकम बक्यौता रहेको छ । जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५ सय ८७,  कुशहवा गाविसको ४८ हजार ८ सय ३०, कजरहवा गाविसको ८ हजार ८ सय, हरदैना स्वास्थ्य चौकीको ३९हजार १ सय ५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४ सय ३६ रकम महशुल वाकी रहेको छ ।

यता शिवराज नगरपालिकाको भने अन्य तह भन्दा कम रहेको छ । शिवराज नगरपालिका अन्तरर्गत साविक गाविस जवाभारीमा १२ हजार ६ सय ३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २ सय १५ गरी जम्मा ३९ हजार ८ सय ४८ बक्यौता रहेको छ ।

वितरण केन्द्रको अल्टिमेटम

नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रले महशुल वाकी रहेको संघ सस्थालाई अल्टीमेटम दिएको छ । अन्य सस्था भन्दा सरकारी कार्यलयहरुले विद्युत महशुल तिर्न लापरवार्ही गरेको केन्द्रले जनाएको छ । बक्यौता वाकी रहेकालाई केन्द्रले माघ २ गते सवै कार्यलयहरुलाई पत्र पठाएको छ ।

 विगतका वर्ष देखी २०७५ पौष सम्मको बक्यौता रकमको विवरण स्थानिय तहलाई पठाइएको केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाको भनाई छ । माघ १५ गते भित्र महशुल नवुझाए नियम अनुसार लाइन काटने समेत पत्रमा उल्लेख गरेको उनले वताएका छन ।

सरकारी कार्यलयमा लाइट काट्दा सेवाग्रहीहरुलाई समस्या पर्ने भन्दै अहिले सम्म विद्युत अवरुद्ध नगराएको वुुझिएको छ । यता कार्यलयमा लाइट काटेपछी उच्च स्तरीय व्यक्तिको दबाव तथा राजनितिक दबाव आउने गरेको जनाइएको छ ।

के भन्छन कार्यलय प्रमुख

विद्युत महशुल वुझाउने विषयका कार्यलय प्रमुख भने अनविज्ञ रहेका छन । साविकका कार्यलयहरुले लापरवार्ही गरेको भन्दै  पन्छिन खाजेका छन । विजनयगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले बक्यौता रकम छ भन्ने थाहा भएपनि के कति छ भन्ने जानकारी नभएको वताए । अहिलेका कार्यलयको बक्यौता नरहेको वताउदै पुराना कार्यलयले नबुझाएका कारण समस्या आएको जनाए ।

 त्यस्तै महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत डोलराज ढकालले पनि वाकि रहेको महशुल बुझाउन नसक्ने वताए । पुराना कार्यलयहरुले लापरवार्ही गरे अहिले कहा वाट जुटाउने स्रोत ढकालले भने ।

कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत कुमार पोख्रेलले बक्यौता रहेको छ भन्ने पहिलो पटक जानकारी भएको वताए । नगरका मातहतमा रहेको कार्यलयहरुको बक्यौता रकम नगरकार्यपालिका वाट पारित गरेर भुक्तानी गरिने जनाए ।

वुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले भने विद्युत प्रविधिकरणलाई दोष देखाएका छन । पटक पटक वाकि रहेको रकमको विवरण ल्याउन आग्रह गरेपनि वितरण केन्द्र बिल नदिएको उनले वताए । नगर सभा वाटै महशुल तिर्न भनि बजेट विनियोजन गरेकोले रकम भुक्तानीको लागी कुनै समस्या नरहेको वताए ।

शिवराज नगरपालिकाले भने वाकि रहेको वक्यौता रकम एक हप्ता भित्र भुक्तानी गर्ने जनाएको छ  । साविकका गाविसहरुको लापरवार्हीले गर्दा महशुल वाकि रहेको वताउदै भुक्तानीको लागी लेखा शाखालाई जानकारी गराएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ