२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संविधान जारी भएको खुसियालीमा सभासद लम्सालको चियापान

८ आश्विन २०७२, शुक्रबार ०९:५९

महेन्द्र केसी, असोज ८, पर्वत । ६५ बर्षको लामो अथक प्रयासपछि संविधानसभाबाट जनप्रतिनिधिबाट संविधान निर्माण गर्ने सपना पुरा भएको भन्दै नेकपा एमाले पर्वत क्षेत्र नं २ का सभासद विकास लम्सालले चियानपानको कार्यक्रम गरी आफ्ना कार्यकर्ता तथा जिल्लाबासीसँग खुसीयाली साटसाट गरेका छन् ।

bikas-lamsal

कार्यक्रममा बोल्दै सभासद लम्सालले नेपाली जनताको ६५ बर्षको सपनामा ६२र६३ सालको जनआन्दोलनबाट प्राप्त भएको लोकतन्त्र संस्थागत भएको बताए ।

६२र६३ को १९ दिने जनआन्दोलमा सहिद, घाईते , अपाङ्ग भएका वीर सपुतको योगदान, बलिदान तथा तपस्या समेत पुरा भएको भन्दै सभासद लम्सालले अब आर्थिक क्रान्ति हुने र देश विकासको कार्यले तिब्रता पाउने बताए ।

तीन दलको निर्वाचनको क्रममा घोषणामा उल्लेख गरेका कुरा सवै पुरा भएको र अब देशले विकासकोमम बाटो रोजेको कार्यक्रममा बोल्ने अधिकांशले बताए ।

देशमा संविधान निर्माण प्रक्रिया भयो, संविधान जारी भएसँगै देशमा भएको अस्थीर राजनीतिको पनि अन्त्य भयो, अब देशले आर्थिक क्रान्ति गर्दै विकास तर्फ उन्मुख हुनेछ कार्यक्रममा बोल्ने बक्ताहरुले भने ।

जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नवराज गुरुङ, एनेकपा माओवादी पार्टीका जिल्ला सचिव ढाकाराम गौतम, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, प्रहरी नायव उपरिक्षक गंगा पन्त लगाएतका साना तथा ठूला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्था, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ