2026-09-01 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चेपाङलाई न्यानो कपडा वितरण

माघ ६, मुग्लिन | इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो । 

नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताउनुभयो । 

कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यावाद दिनुभयो । यहाँका प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताउनुभयो । जाडोमा न्यानो कपडा(सिलिपिङ ब्याग) पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् । 

ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल सङ्घका अध्यक्ष युवराज जिरेल, र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला