2026-06-19 03:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वागत कार्यक्रम सम्पन्न

parbat news

असोज १२, पर्बत । लोकतान्त्रिक गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजना जिल्लामा भर्खर मात्रै पर्वत जिल्लामा सरुवा भै आएका स्थानिय विकास अधिकार शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने र जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेललाई स्वागत गरेको छ ।

मंगलबार महासंघमा आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारीसँग परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रमको आयोजना गरी महासंघले भर्खरमात्रै जिल्लामा सरुवाभै आएका एलडीओ, सप्रजिअ र जिशिखको स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकार रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लामिछाने, जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले नागरिक, राजनीतिक दल तथा स्थानिय संघसस्थासँग समन्वय गरी सेवा प्रदान गर्ने बताएका छन् । स्थानिय स्वायत्त शासन, विधि अनुसान र नियमअनुसार आफुले कार्य गर्ने स्थानिय विकास अधिकारी रिजालले बताए ।

त्यसैगरी सप्रजिअ अधिकारीले सवैसँग सहकार्य गरी जिल्लाप्रसाशन कार्यालयबाट पाउने सेवासुविधा सवैलाई छिटो र सहजरुपमा प्रदान गर्नको लागि आफु तप्पर रहेको बताएका छन् । अधिकारीले छिटो र छोटो समयमा सेवा सुविधा प्रदान गरी नागरिकलाई सहज बातावरणमा सेवा दिने बताए । जिल्ला शिक्षा अधिकारी पौडेलले जिल्लाको शिक्षा क्षेत्रको विकासको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् ।

जिल्लामा रहेका हरेक विद्यालमा भएका गतिविधिको अवलोकन गरी शिक्षा गुणस्तारमा आफुले लाग्ने जनाएका छन् । एलडिओ, सप्रजिअ, र जिशिअले आफ्नो गृह जिल्ला भएका कारण पनि जिल्लाको विकासका लागि आफुहरु लागि पर्नेमा विश्वस्त हुन आग्रह गरे । तीनै जनाले यो हाम्रो जन्मभूमि मात्र नभइ अहिले कार्य थलो भएका कारण आफूहरु जिल्लाको समग्र विकासको लागि हदैको प्रयास गर्ने बताएका छन् ।

जिल्लाको विकासको लागि सवैको सहयोगको आवश्यकता पर्ने भएका कारण सवैलाई साथ दिनको लागि पनि उनीहरुले आग्रह गरे । लोकतान्त्रिक गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भवानीप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विश्वप्रकाश प्रसाई, बसन्तबहादुर सिके, सरस्वती शर्मा जिज्ञासु लगाएतले आआफ्नो शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो