२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्व जेष्ठ नागरिक दिवस मनाइयो

१४ आश्विन २०७२, बिहीबार ०८:४८

असोज १४, पर्वत / विश्व जेष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जेष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्न र उनीहरुलाई सम्मानित जीवन दिनका लागि राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि विश्वभर अक्टुबर एकका दिन जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो । यसवर्षको नारा शहरी परिवेशमा जेष्ठ नागरिकको समावेशिता र दिगोपन भन्ने तय गरिएको छ । गास, बास, कपास र स्वास्थ्य सुविधामा धेरैको पहुँच नहुँदा ज्येष्ठ नागरिक कष्टकर जीवन भोग्न बाध्य छन् ।

jestha

जेष्ठ नागरिकले आधारभूत सुविधा पाउनुपर्ने साथै जीविकोपार्जनका लागि पुग्ने गरी वृद्धाभत्ता बढाउनुपर्ने र गाडीमा आरक्षणको व्यवस्था माग गरेपनि यसको प्रभावकारी सुनुवाई हुन सकेको छैन । विश्व जेष्ठ नागरिक दिवसको अबसरमा पर्वतको मोदीवेण्ीमा रहेका २० जना बृद्धबृद्धाहरुलाई सम्मान गरि दिवस मनाइएको छ । मोदीवेणीमा रहेका बृद्धाहरुलाई सम्मान तथा फलफुल वितरण गरि जेष्ठ नागरिक दिवस मनाइएको हो ।

धार्मिक ,वातावरणिय,सामाजिक लगायतका बिभिन्न काम गर्दै आईरहेको एकता युवाक्लवले पर्वतको प्राचिन मोदिबेणि दिव्यधाम मा आज बिहान त्यहाँ रहेका बृद्द बृद्दाहरूलाई दोसल्ला ओढाई सम्मान गरि फलफूल, हर्लिस लगायतका सामाग्रि बितरण गरि जेष्ठ नागरीक दिवस मनाएको हो । स्थानिय बिकास आधिकारी शिब प्रसाद रिजालको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ःदै रिजालले युवाहरुले जेष्ठनागरिकलाई सम्मान गरेकोमा ख्ुसि व्यक्त गरेका थिए । युवाहरुको कार्यमा जिबसको सहयोग रहने समेत उनले बताए ।

पछिल्लो समयमा आफ्ना बाबुआमालाई बुढेसकालमा स्याहारसुसार गर्नुको सट्टा बृद्धा आश्रममा लगेर छाडिने दिने गरेको पाइएता पनि पछिल्लो समयमा जिल्लाका युवाहरुले बद्धाहरुलाई गरेको सम्मान तथा सहयोग गरेको प्रति प्रशंसा गरे । क्लवका अध्यक्ष अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रूद्रबहादुर रिमाल, क्लवका संस्थापक सल्लाहकार कमलनाथ पोख्रेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक अम्रित पोख्रेलले सहजिकरण गरेको कार्यक्रमको सन्चालन सचिव गोकुल चापागाईले गरेका थिए ।कार्यक्रममा रोट्याक्ट क्लव अफ पर्वत ,मिलन क्लवकाको समेत सहभागीता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह