२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

इन्धन आपूर्ति नहुदाँ धौलागिरीबाट छुट्ने लामो दुरीका सवारी ठप्प 

१६ आश्विन २०७२, शनिबार ०७:४०
महेन्द्र के.सी./असोज १६, पर्बत । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण इन्धन आपूत्र्ति नहुदाँ धौलागिरीबाट देशका विभिन्न ठाउँका लागि छुट्ने सवारी साधन ठप्प भएका छन् । इन्धन नभएको भन्दै यहाँबाट छुट्ने लामो दुरीका सवारी थन्किएर बस्न बाध्य भएका हुन् । अञ्चलभित्र फाट्टफुट्ट सवारी साधन चले पनि पर्वत, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका सवारीसाधन भने चल्न बन्द भएका हुन् ।
बिहीबारसम्म धौलागिरी बस व्यवसायी समितिले काठमाडौं र नारायणगढ जाने दुई वटा बस छुटाए पनि शुक्रबार लामो दूरीका एउटा पनि बस नछुटेको धौलागिरी बस व्यवसायी समितिका सचिव ख्याम लामिछानेले बताउँछन् ’तेल नपाएपछि लामो दूरीका सवारीसाधन थन्क्याएर राख्न बाध्य भएका छौंैं,’ लामिछानेले भने । उनले पेट्रोलपम्पले दिने २० लिटर तेलले काठमाडौं, नारायणगढ, बुटवल, पाल्पा पुगेर सवारी साधन फर्कन नसक्ने भएकोले लामो दूरीका सवारीसाधन अनिश्चितकालका लागि बन्द गरिएको बताए ।
धौलागिरी बस ब्यवसायी समितिसँग अहिले साना तथा ठुला गरी तीन सय वटा सवारीसाधन छन् । ती मध्ये छोटो दुरीमा समेत १० प्रतिशत सवारी मात्रै सञ्चालनमा रहेको पाइन्छ । ’दुई÷तीन दिनसम्म पनि तेल नपाउने हो भने छोटो दुरीका सवारी पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने । पर्वत यातायात व्यवसायी समितिले समेत इन्धन नपाउँदा सवारी साधन चलाउन बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । ७१ वटा सवारी साधन रहेको पर्वत यातायात बस व्यवसायी समितिका शुक्रबार लामो दूरीका दुईवटा बस मात्रै छुटेको कार्यालय प्रमुख केशवप्रसाद उपाध्यायले बताए ।
’शुक्रबार काठमाडौं र नारायणगढ गरी दुई वटा बस मुस्किलले छुटाउन सक्यौं,’ उनले भने, ’तेल नपाउने हो भने शनिबारदेखि लामो दूरीका सवारी बन्द गर्नुपर्ने हुन्छ।’ पर्वत यातायात व्यवसायी समितिका अध्यक्ष विद्वान गुरुङले तेल अभावले छोटो दूरीका सवारी पनि बन्द हुनसक्ने बताए। ’सरकारले छिटो तेलको विकल्प खोज्नुपर्छ,’ गुरुङले भने, ।
इन्धनको अभावका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी सधान यतिबेला पहिलेको भन्दा न्यून चलिरहेका छन् । समयमा नै तेलको आपूत्र्ति नहुने हो भने जिल्लाबाहिर मात्रै नभई जिल्ला भित्र पनि सवारी साधन चल्न मुश्किल हुने संकेत देखिएको छ । सवारी सधान कम मात्रमा चल्दा यतिबेला यात्रुले पनि समस्या झेल्नुपर्ने बाध्यता भएको छ ।
तेलको अभाव सिर्जना भएपछि तोकिएको रकम भन्दा सवारी साधनले बढी भाडा लिने गरेको पनि यात्रुहरुले गुनासो गरेका छन् । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण यतिबेला जिल्लामा सवारी साधन कम मात्रमा चलेको अबस्थामा समयमा तेल आपूत्र्तिको बतावरण तथा विकल्प नखोज्ने हो भने जिल्लाबाहिर मात्रै नभई जिल्ला भित्रपनि पनि सवारी साधान ठप्प हुने संकत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ