२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बल्ल पायो शान्ति समितिले संयोजक

१९ आश्विन २०७२, मंगलवार १२:४२

असोज १९, पर्वत ।  लामो कसरत र खिचातानी पछि स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतले संयोजक पाएको छ । राजनीतिक दलहरु विच कसलाई शान्ति समितिको संयोजक बनाउने बन्ने विषयमा पटकपटक भएको बैठकले मंगलबार निष्कर्ष पाएको हो । २१ भन्दा बढी बैठक बसेता पनि संयोजक कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरु विच चर्को मतमतान्तर हुदाँ शान्ति समितिको बार्षिक गतिविधिमा समेत अबरोध पुराएको थियो । लगभग ११ महिनासम्म स्थानिय शान्ति समितिको संयोजकमा कसलाई राख्ने भन्ने विषयमा पटकपटक बसको बैकठले निर्णायक भुमिका दिन नसक्दा ११ महिनासम्म शान्ति समितिमा संयोजक चयन हुन सकेन जसका कारण बार्षिक कार्यक्रममा तालानै लाग्यो भने कुल बजेटको ९६ प्रतिशत फ्रिज हुन पुग्यो ।

नेपाली काँग्रेसका सोमलाल आचार्य, पर्वत बार ईकाईका मनोहर वि पौडेल र द्वन्द्व प्रभावित मनरुपा सुवेदी मध्ये कसलाई संयोजक बनाउने भन्ने विषयमा दलीय खिचातानी तथा चलखेल भएका कारण संयोजक चयन हुन सकेको थिएन । लामो विवाद र मतमतान्तरका विच मंगलबार स्थानिय शान्ति समितिले पर्वत बार इकाइका मनोहर वि. पौडेललाई संयोजकको रुपमा पाएकोे छ । पौडेलेको चयनसँगै शान्ति समितिका कार्यक्रमले अब बाटो पाउने शान्ति समिति कार्यलयका सचिव किशोर सुवेदीले बताए । उनले भने –द्वन्द्व पीडित, एक महिला तथा बालबालिका, द्वन्द्वबाट प्रभावित भएकाहरुको लागि आएका कार्यक्रममा जिल्लाका राजनीतिक दलहरुको स्वार्थकाकारण गत बर्ष हुन सकेन् यो बर्ष संयोजक चयन भएसँगै कामले तिब्रता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ