६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार : सामान्य अङ्कले वृद्धि

८ माघ २०७५, मंगलवार १०:४४

माघ ८, काठमाण्डौ | धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । 

विशेष गरी जलविद्युत् ५.१४, वित्त १.७५ र उत्पादन उपसमूह ९२.२९ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.४३, होटल १५, विकास बैंक २.८७, निर्जीवन बीमा ०.१९, अन्य २.३९, लघुवित्त १७.६० र जीवन बीमा ६७.६८ बिन्दुले बढेको छ । समता माइक्रोफाइनान्स वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले बढी कमाएका छन् । यस्तै कञ्चन डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था तथा एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले बढी गुमाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै