२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विपदमा परेका ६ सयको जीवितै उद्धार

२०७५, ८ माघ मंगलवार ११:१९

माघ ८, भरतपुर । चितवनको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारले विपद्मा परेका ६०७ को जीवितै उद्धार गरेको छ । 

सरकारले २०६८ साल मङ्सिर २२ गते सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७५ जेठ २७ गतेको गृहमन्त्रायको निर्णयबाट विपद् व्यवस्थापन तालीम केन्द्रलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय बनाइएको थियो । शिक्षालयले विभिन्न विप्दका घटनामा उद्धारको काम गरिएको शिक्षालय कुरिनटारका समादेशक किशोर प्रधानले बताउनुभयो । 

यो अवधिमा देशका विभिन्न स्थानमा भएका १५३ जटिल घटनाबाट जीवितै उद्धार गरिएको प्रधानले जानकारी दिनुभयो । सन् २०११ देखि २०१८ सम्मको अवधिमा विभिन्न विपद्का घटनाबाट २३७ को शव निकालिएको थियो । सन् २०१३ मा १२३ को उद्धार गरिएको थियो भने सन् २०१४ मा ७१ को शव निकालिएको शिक्षालयले जनाएको छ । 

जटिल विपद्का घटनाबाहेक पनि दैनिकजसो हुने घटना दुर्घटनामा पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम प्राप्त टोलीले उद्धारको काम गर्ने गरेको समादेशक प्रधानले बताउनुभयो । सशस्त्र प्रहरीले विपद्मा परेकालाई सन् २०११ मा १४, २०१२ मा ८७, २०१३ मा १२३, २०१४ मा ९५, २०१५ मा ४४, २०१६ मा १०९, २०१७ मा ७३ र सन् २०१८ मा ६२ लाई जीवितै उद्धार गरेको थियो । 

“हरेक प्रदेश राजधानीमा विपद् व्यवस्थापनको तालीम प्राप्त सशस्त्र प्रहरी परिचालन भएका छन्, उहाँले भन्नुभयो, “सामान्य विपद्मा उनीहरु परिचालन हुने गरेका छन् भने जटिल प्रकारको विपद्मा उद्धारका लागि कुरिनटारबाट टोली परिचालन हुने गरेको छ ।” 

विपद् व्यवस्थापन तालीम शिक्षालयमा बङ्गलादेशबाट तालीम प्राप्त गरेका २५ गोताखोर छन् । त्रिशूलीलगायतका नदीमा डुबेका मानिसलाई जीवितै उद्धार र शव निकाल्न गोताखोर परिचालन गर्ने गरिएको छ । त्यसबाहेक विपद्का बेला घर भत्किएर च्यापिएको मानिसलाई उद्धार गर्नसक्ने प्रविधि र तालीम प्राप्त कुकुर पनि शिक्षालयमा छन् । 

पृथ्वी राजमार्गको सर्वे तथा निर्माण गर्ने क्रममा तत्कालीन ब्रिटिश आयोजनाले निर्माण गरेको भवनमा २०५८ साल मङ्सिर १८ गतेदेखि सशस्त्र प्रहरी बल बेस क्याम्प कुरिनटार स्थापना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना