२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संजीवनी बचत तथा ऋण सहकारीको सातौ साधारण सभा सम्पन्न

२०७२, २६ आश्विन मंगलवार १३:२६

भूमीराज शर्मा, असोज २६, पर्वत/ जिल्लाको देउपुर गाविस वडा नं ९ पातिचौरमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाा लिमिटेडको सातौ साधारण सभा मंगलबार सम्पन्न भएको छ । सो साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछानेले सहकारीहरुले निम्न वर्गका मानिसहरुको आयआर्जनमा महत्वपूर्ण भूमिका खेलिरहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले सहकारीहरुले आफ्नो समाजप्रतिको उत्तरदायित्वलाई सदैब स्मरण गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयोे ।

sahakari

देशभित्रै रहेका उपलब्ध स्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै नागरिकहरुलाई स्वाबलम्बी बनाउने दिशामा सहकारीका कार्यक्रमहरु लक्षित हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लामिछानेले संजीवनी सहकारीले आर्थिक क्षेत्रको साथै सामाजिक क्षेत्रको विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो । उक्त साधारण सभामा सहकारीले देउपुर गाविसका जेष्ठ बृद्ध बृद्धाहरुलाई दोसल्ला, नगद र सम्मानपत्रले सम्मान गरेको थियो भने एकल महिलाका बालबालिकाहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको थियो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष सागर जिसीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । उक्त प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । कार्यक्रममा संस्थाका कर्मचारी शान्ति कुमारी शर्मा, गत आबमा उत्कृष्ट निक्षेपकर्ताहरु , र असल ऋणिहरुलाई सम्मान गरिएको थियो ।

सोे अवसरमा संस्थाका पूर्व अध्यक्ष प्रेम पौडेल, पातिचौर र डिमुवा क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई स्वागत टिकाराम पौडेलले र संचालन संस्थाका सचिव बाबुराम तिमिल्सिनाले गर्नु भएको थियो । सहकारीको कुल शेयर पुँजी रु. ४५,११,७४२ रहेको छ भने जम्मा लगानी ७६,५१,२९५ र खर्च ११, १८, ९८९ रहेको संस्थाले जनाएको छ । सहकारीमा हालसम्म १४३ जना शेयर सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण