२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ नोट साट्न बैंकमा सेवाग्राहीको भीड

२८ आश्विन २०७२, बिहीबार १२:१०

असोज २८, पर्बत । नेपालीको महान पर्व शुरु भएसँगै जिल्लामा रहेका बैंकमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

दशैको लागि नयाँ नोट साट्नको लागि बैकमा सेवाग्राहीको भीड लागेको हो । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरु बृद्धाभत्ता लिनको लागि घण्टौ लाइनमा बस्नको लागि बाध्य भएका छन् । सरकारले बृद्धाभत्ता बैक मार्फतन् गर्न थालेपछि बृद्धबृद्धाहरुलाई बैकमा धाउनुपर्ने बाध्यता सिर्जना भएको हो ।

यस अघि प्रत्येक गाविसमा गाविस सचिवलेनै वितरण गदै आएका थिए । बैक मार्फत बृद्धाभत्ताको लागि सरकारले नीति ल्याए पछि बृद्धबृद्धाहरु घण्टौ लाइनमा बसी भत्ता लिन बाध्य भएका हुन् ।

त्यसैगरी सरकारी कर्मचारी पनि तलब भत्ताको लागि बैकमा लाइन लागेर घण्टौ र्एउटा चेक साट्नको लागि बस्नुपर्ने बाध्यता भएको छ भने दशैको लागि नयाँ नोट साट्नको लागि पनि सेवाग्राहीको भीड लाग्न थालेको हो । नेपाल सरकारले गत आर्थिक बर्षदेखि प्रत्येक बृद्धबृद्धा शिक्षक कर्मचारीहरुको व्यक्तिगत खाता खोल्न लगाई त्यसैमा पैसा जम्मा गरी झिक्ने व्यवस्था गरेको थियो ।

पहिले बृद्धबृद्धाहरुले गाउँ विकास समितिबाटै भत्ता लिने गर्थे । सदरमुकाममा बाणिज्य बैक, कृषि विकास बैंक सरकारी बैंकहरु छन् भने अन्य नीजि क्षेत्रका गरिमा, कैलास, एभरेष्ट, एनडिइपि, ग्लोबल आइएमइ, विश्वविकास, गण्डकी, काष्ठमण्डप बैंक लगायतका एक दर्जन जति बैक तथा विकास बैंकहरु पनि संचालनमा छन् ।

विद्यालयलाई शिक्षकको तलब अनिवार्य नेपाल बैंकमा खाता खोल्न लगाएर जम्मा गरिदिनुपर्ने, अन्य कर्मचारीको पेन्सन, कर्मचारी तलब समेत वितरण गर्ने जिम्मा बैंकले पाएको छ । जिम्मेवारी धेरै भए पनि नेपाल बैंकले सेवा चुस्त बनाउन चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ