2026-07-24 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि

माघ १०, चितवन | चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् । 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताउनुभयो । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताउनुभयो । यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उहाँले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताउनुभयो । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । 

यसैबीच निकुञ्जले सौराहामा सङ्कलन हुने राजश्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन शुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल सङ्कलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा सङ्कलन हुँदैआएको छ । राजश्व सङ्कलन वाणिज्य बैंक भरतपुरमा गरिँदै आएकोमा राष्ट्र बैंक, वन मन्त्रालय, निकुञ्ज विभाग लगायतको अनुमतिपछि बुधबारदेखि कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन थालिएको उहाँले बताउनुभयो । 

सौराहामा माघ २८ बाट फुड फेस्टिबल हुने 

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले यही माघ २८ गतेबाट सौराहा खाना महोत्सव (फुड फेस्टिबल)को आयोजना गर्ने भएको छ । प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिबलको यो १३ औं संस्करण हो । 

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्ननगर नगरपालिका–७ को सिस्वार खेलमैदानमा फेस्टिबल आयोजना गर्न लागिएको हो । सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । सोही अवसरमा भलिबल, पर्यटक दौड, वेटर रेससँगै बच्चाहरूका खेल आयोजना गरिने भएको छ । 

गिरीका अनुसार फरक क्षमता भएका बच्चाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत गरिँदै छ । पर्यटकहरूको आगमन कम हुने समयमा पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सौराहामा वार्षिक दुई लाख हाराहारी पर्यटक आउने गर्दछन् । एक सय दश होटल रहेको सौराहामा करीब ६० रेष्टुरेन्ट छन् । फेस्टिबल फागुन ३ गते सम्म चल्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक