2026-06-19 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीले गर्यो शुभकामना आदानप्रदान

असोज २९, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसर पारी एनेकपा माओवादी चुवा नगरकमिटीले शुभकामना आदान–प्रदान गरेको छ । एनेकपा माओवाद्यी नगरकमिटिक इन्चार्ज शंकर गिरीको आथित्यतामा संचालन भएको कार्यक्रमा बोल्दै गिरीले देशमा आमुल परिर्वतन भएको बताएका छन् ।

संविधान जारी भएसँगै देशमा लोकतन्त्र संस्थागत भएको र राजतन्त्र पूर्ण रुपमा अन्य भएको बताउँदै उने यसमा एनेकपा माओवादीले प्रतिपक्ष भएरपनि प्रमुख भुमिका निर्वाह गरेका कारण सफलता हासिल भएको बताए । संविधान जारी भएपछि सारा संसारले बधाइ तथा सुभकामना दिइरहेको बेलामा छिमेकी राष्ट्रले देखाएको अमानवीय व्यवहार गलत र संयुक्त राष्ट्रसंघको नियम विपरीत भएको बताए ।

भारतले् नेपालमा आफ्नो प्रभुत्व जमाउन खोजेको र संविधान जारी हुनेबेलामा भाँजो हाल्न खोजेको तर एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रहितको लागि काम गरेका कारण संविधान जारी भएको र आफ्नो इच्छा विपरीत संविधान जारी भयो भनी भारतले नाकाबन्दी लगाएको उनको तर्क थियो । एमाओवादी जनताको पक्षमा भएको कारण मात्र देशमा संविधान बनको र अबको दिनमा पनि एमाओवादले रचानात्मक भूमिका खेल्नमा आफु दृढ र विश्वस्त भएको उनले प्रष्ट पारे । पछिल्लो समयमा पार्टी भित्र असन्तुष्ट देखिएका केन्द्रित सदस्य बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुमा उनले पछिल्लो देशको राजनीति र भारतको नाकाबन्दी र चलखेलका कारण भएको बताए । पार्टीभित्रको पछिल्लो अबस्थाबाट कोहि पनि कार्यकर्ता विचलित हुनुनपर्ने भन्दै उनले दशैको सुभकामना सवैलाई व्यक्त गरे । विजया दशमी कालिका भगवतीले १० दिनमा मैसासुर राक्षकको नष्ट गरी विजय प्राप्त गरे जसरीनै देशमा भएको अस्थीर राजनीको अन्यका लागि एमाओवादीले रचानात्मक भूमिका निर्वाह गरेको र देशमा जनपक्षिय नयाँ संविधान जारी भएको बताए । संविधान निर्माण कार्यमा अबरोध गर्ने आन्तारिक तथा बाह्य तत्वलाई पनि कालिकाले नष्ट गरेझै नष्ट गरी देशले विजय प्राप्त गरेको उनको बताए ।

६० बर्ष लामो जनताको प्रतिक्षा पछि विभिन्न बाधाका बाबजुट पनि राज्यमा संविधान जारी भएको र सवको मुहारमा खुसीलाई छाएको बताउँदै गिरीले अब सवै एक जुट भएर देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजानको लागि आवश्यक रहेको बताए । शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता कमिटका अध्यक्ष टिकाराम पोख्रेलले गरेका थिए भने संचालन हरिनारायण गिरीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो