२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दसैंअघि ग्यास आउँदैन

२९ आश्विन २०७२, शुक्रबार ०९:५४

असोज २९, पर्वत । दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन।  अधिकांश सिलिन्डर रित्ता छन, भरूँ त बजारमा पनि पाइँदैन। भारतीय नाकाबन्दीले बजारमा पेटूोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन्। विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।नाकाबन्दीका कारण देशभरको जनजिवन कष्टकर बन्दै गैराखेको छ ।

भारतबाट ग्यासको आपूत्र्ति सहजरुपमा नहुदाँ देशको राजधानी लगाए देशभरीनै उपभोक्ता मारमा परेका छन् । सहजरुपमा ग्यासका आपूत्र्ति नुहदाँ पर्वतका उपभोक्ता यतिबेला दाउरामा पकाएर खानाको लागि बाध्य भएका छन् ।

जिल्लामा केहि दिन अघि तीन हजार लिटर तेल भित्रिए पनि ग्याय भने भित्रिन सकेको छैन जसका कारण उपभोक्ता दशैको बेलामा के मा खाना पकाउने भन्ने चिन्तामा छन् । केहि दिन अघि पर्वतमा तीन हजार लिटर तेल भित्रिएपनि ग्यास भने भित्रिन सकेको छैन । भित्रिएको तेल पनि प्राप्तमात्रमा नुहदाँ सवै सवारी साधनले तेल पाउन भने सकेका छैन भने पाएका सवारी साधनले पनि भनेजति पाउन कठिन भएको अबस्था थियो । तेलको लाइनमा दिनभर बसेका धेरै सवारी साधन रित्तो हात फर्किनुपर्ने बाध्यता थियो ।

जिल्लाका तेल भित्रिए पनि सवारी साधन केहि रुपमा चल्न थालेपनि गृहणीको समस्या भने सरल हुन सकेको छैन । जसका कारण गृहणीलाई यसबर्षको दर्शैको किनमेलको लागि भन्दा पनि ग्यास जोहो गर्नको लागि भने कठिन भएको छ । भारतले लगाएको नाकाबन्दीमा केहि रुपमा सहजता भएता पनि नेपाल भित्र प्राप्त मात्रमा तेल, ग्यास भित्रिन भने सकेको छैन । दशै अघि नाका खुलेर ग्यास नेपाल भित्रिए पनि जिल्लामा भने अझै भित्रिन सकेको छैन ।

जसका कारण जिल्लामा दशै अघि उपभोक्ताले ग्यास नपाउने प्रष्ट देखिन्छ । सरकारले ’पेटूोल, डिजेलजस्तो सिधै वितरण गर्नको लागि जिल्लामा पठाउँदैन, आइहाले पनि सम्बन्धित कम्पनीमा पठाउँदा र सिलिन्डर भरेर डिपोमा पुग्दा एक साता बित्छ,’ जसका कारण उभोक्तालाई सहज रुपमा ग्यास आपूत्र्तिमा कठिन छ ।

कतिपय सर्वसाधारण र होटल व्यवसायी ग्यास सकिएर दाउराको भर परिसकेका छन्। कतिका घरमा दुई सातादेखि ग्यास सकिइसकेको छ भने कतिपयको दसैंअगावै ग्यास सकिने अवस्था छ। धेरै जसो उपभोक्ताले अनौठो र कठिन तरिकाले आफ्नो गुजरा चलाउँदै आएका छन् ।
बडागाउँमा बस्ने सिता विकले ग्यास सकिएको १५ दिन भएको बताइन । ग्यास सकिएपछि छटमा दाउरामा खाना पकाउदै आएको उनले बताई । विकका अनुसार यो परिवारले राइसकुकरमा आलु उसिन्ने, नुन(खुर्सानीसँग साँध्ने र त्यसैसँग भात खाने, राइसकुकरमा चाउचाउ पकाउने, आलु(काउली राइसकुकुरमा उसिनेर साँध्नेजस्ता उपायले गुजारा चलाउँदै आएको छ यो परिवारले।

नयाँ सरकार गठनपछि दसैंसम्म ग्यास आउला भन्ने आशाले यो परिवारले अन्य वैकल्पिक इन्धनको जोहो पनि गरेन। ’करेन्ट लाग्ने डरले हिटर पनि किनिनँ, ग्यास नभएपछि दसैं आएजस्तो नै भएको छैन,’ विकले बुधबार सहारान्यूजसँग भनिन् ।

अर्का उपभोक्ताले भने ’पेट्रोल त लाइन बसेर ल्याएँ, पेट्रोलभन्दा ठूलो ग्यास रहेछ, चुलो नै बलेन,’ उनले भने। ग्यास खोज्न दैनिक चिने(जानेकालाई फोन गर्नु र ग्यास डिपोमा धाउँछु तर पाउन सकिन । भारतले नाकाबन्दी खोलेको बताएपनि पछिल्लो समयमा आयातमा फेरि रोक लगाएको छ जसका कारण पनि दशै अगाडी पर्वतमा ग्यास नआउनेमा पक्कापक्की जस्तै छ । यति दशै अघि ग्यास आयो भने पनि वितरणमा पनि समस्या देखिने संकेत छ । प्रायः धेरै जसो उपभोक्ताको चुलोमा यतिबेला ग्यासको अभाव खड्की रहेको अबस्थामा सवै उपभोक्तालाई ग्यास पु¥याउन पनि सरोकारबाला निकायलाई हप्मेहम्मे नपर्ला भन्न सकिदैन ।

भारतको नाबाबन्दी लामो समय सम्म होला भन्ने भएको भए पनि उपभोक्ताहरुले बैकल्पिक उपाएको खोजि गर्थै होला तर भारतले नाकाबन्दी खुलेको भन्दै बारम्बार भ्ुक्काएका कारण पनि उपभोृक्ता यतिबेला दोधारमा छन् ग्यास दशैमा आउँछ कि आउँदैन भनेर ।
सरकाले भारतको बैकल्पिक उपायको अझसम्म कुनै तयारी नगरेका कारण र आयल निगमले खुलाएको टेण्डरआह्वानले पनि दशै अगाडी जिल्लामा ग्यास सहज रुपमा पाउन सकिन्छ या सकिदैन भन्नेमा दुविधा भएको छ । त्यसैले जिल्लामा दशै अघि ग्यास नआउने पक्कापक्की जस्तै भएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने