2026-10-22 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा

माघ १०, चितवन | नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ । 

पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभयो । 

भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनिभूत छलफल हुने पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो । भेलाले पत्रकारितामा महिलाको उपस्थितिलाई थप बलियो बनाउन तथा पत्रकार महिलाको दक्षता विकासका लागि मागनिर्देश गर्ने महासङ्घको विश्वास छ । 

भेलालाई सफल पार्न कार्यसमितिमा जिम्मेवारी विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खतिवडाले बताउनुभयो । भेला सम्पन्न गर्नका लगिा विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ । 

यसैबीच सम्मेलनलाई सभ्य र व्यवस्थित तुल्याउन महासङ्घ चितवनले जिल्लास्थित अगुवा पत्रकार महिलाको भेला गराई सहयोग गर्न आग्रहसमेत गरेको छ । महासङ्घका केन्द्रीय सदस्य सृजना अर्यालका अनुसार सम्मेलनमा सबै प्रदेश कमिटी, जिल्ला शाखा र प्रतिष्ठानका महिला नेतृत्व, महासङ्घको केन्द्रीय समिति, केन्द्रीय समितिका पूर्वमहिला नेतृत्वहरु, पत्रकार महिलाका संस्थाका नेतृत्वको सहभागिता रहनेछ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ